जुरिच। स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो शहर जुरिच। शहरदेखि पूर्व झन्डै ७१ किलोमिटरको यात्रा पछि एउटा पहाडी क्षेत्र आउँछ जसको नाम हो मुलेहन। स्वीट्जरल्याण्डमा २६ वटा प्रदेशहरु (क्यान्टोन) छन्। त्यो मध्येको एक रमणीय क्यान्टोन हो ग्लारुस। सोहि क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा मुलेहन अवस्थित छ ।

वालेन्सी तालकै छेउमा एउटा रिसोर्ट जस्तै लाग्ने घर छ, जहाँबाट हिउँले टल्केको हिमाल समेत देख्न सकिन्छ। त्यही घरमा हामीले भेट्यौ एक जोडीलाई।

४ दशक बढीको बैबाहिक जीवन पार गरिसकेको त्यो जोडी हो ईन्जिनियर डिक्ट्रिक एल्मर र शुभ एल्मर लामाको। ४३ वर्ष पहिले नेपालमा नै पुगेर एल्मरले लामासँग लगनगाँठो कसेका रहेछन्। यो जोडीको प्रेम अझै पनि लोभलाग्दो छ।

ईन्जिनियर एल्मरको नेपालप्रेम उनले बोल्ने नेपाली भाषामै झल्कन्छ। उनी नेपाली राम्रोसँग बुझ्ने मात्र हैनन् प्रष्टसँग बोल्न पनि सक्छन्। ४५ बर्ष पहिले नेपालको सुदूर पश्चिम जिल्ला बझांग पुगेका थिए उनी । झोलुङ्गे पुल बनाउन दशकौं अघि नेपाल पुगेका उनले त्यतिबेलाको अनुभव सुनाए।

वालेन्सी तालकै छेउमा पुगेर हामी यो जोडीसँग मज्जाले गफियौं। एनआरएनए अभियान लगायत बिभिन्न सामाजिक काममा सक्रिय शुभलाई डिक्ट्रिकले सधैँ साथ दिईरहेका छन्।उनि नेपाली समुदायले आयोजना गर्ने कार्यक्रम पनि छुटाउदैनन्। नेपाली कला र संस्कृती रुचाउने डिक्ट्रिकले नेपाली कार्यक्रमहरु समयमा नै सुरु नहुने भन्दै गुनासो पनि पोखे। वालेन्सी तालकै छेउमा उभिएर यो जोडीले आफ्नो पहिलो भेटलाई पनि यसरी सम्झिए।

प्रस्तुत छ पत्रकार बसन्त रानाभाटले ईन्जिनियर एल्मरको जोडीसँग गरेको भिडिओ कुराकानी

Previous articleमहिला फोरम स्विट्जरल्याण्डको आयोजनामा ४५ दिने व्यूटीपार्लर तालिम
Next articleस्वीस-नेपाल सम्बन्धबारे जेनेभामा चर्चा (भिडियो अन्तरबार्ता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here