स्विट्जरल्याण्ड। आफ्नो कार्यकाल पुरा गरेर नेपाल फर्कन लागेका राजदूत दीपक धिताललाई एनआरएनए स्विट्जरल्याण्डले बिदाई गरेको छ। जेनेभा स्थित संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि समेत रहेका धिताललाई आईतबार राजधानी बेर्नमा एक कार्यक्रमका बिच नेपाली समुदायले बिदाई गरेको हो। स्विट्जरल्याण्ड स्थित नेपाली राजदूताबासमा धितालले झन्डै ५ बर्ष काम गरेर नेपाल फर्कन लागेका हुन्।

राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चपदस्थ नेपाली टोलिलाई आफ्नै कार्यकालमा स्विट्जरल्याण्डमा स्वागत गर्न पाएको भन्दै राजदूत धितालले खुशी ब्यक्त गरे। उनले स्विट्जरल्याण्ड स्थित संघ संस्थाहरु लगायत अर्न्तराष्ट्रिय संघ संस्थाहरुसँग मिलेर नेपालमा केहि उपलब्धिमुलक कामहरु भएको भन्दै सन्तुष्ट ब्यक्त गरे।

बिदाई कार्यक्रममा बोल्दै संघका अध्यक्ष भूमीराज गुरुङले दूताबास र एनआरएनए बीचको सहकार्य यादकार रहेको बताए। उनले राजदूत धितालले नेपाली समुदायलाई एकताबद्व गर्न खेलेको भूमिकाको समेत प्रंशसा गरे।

कार्यक्रममा एनआरएनए स्विट्जरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडवरी,महिला फोरम संयोजक शुभ एल्मर लामा, स्वीस नेपाली समाजका उपाध्यक्ष पितम गुरूङ, बेर्न नेपाली समाजका अध्यक्ष बिष्णु थापा, नेप्सासका उपाध्यक्ष राकेश चन्द्र प्रजापति लगायतले बोलेका थिए। संघको तर्फबाट राजदूत धिताललाई मायाको चिनो प्रदान गरिएको थियो।

जेनेभा स्थित संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधिको रुपमा मणिप्रसाद भट्टराई नियुक्त भईसकेका छन्। धितालको बिदाईसँगै नयाँ राजदूतको रुपमा भट्टराई मार्च पहिलो साता स्विट्जरल्याण्ड आउने भएका हुन्।

 

Previous articleराजदूत दीपक धिताल लाई एनआरएनए स्विट्जरल्याण्डले बिदाइ गर्ने
Next articleएनआरएनए महिला फोरम स्विट्जरल्याण्डले १०९ औं नारी दिवस मनाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here