गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्कन लागेका स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालको बिदाइको लागि यही आउँदो १७ फेब्रुअरी आईतबारको दिन बेर्न स्थित फुगु रेष्टुरेन्टमा एक बिदाइ कार्यक्रम आयोजना गरेको छ।

राजदूत धिताल आफ्नो लगभग ५ वर्षे कार्यकाल पूरा गरी यही फेब्रुअरीको अन्तिम तिर नेपाल फर्कन लागेकाले गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले राजदूत धितालको लागि बिदाइ कार्यक्रम आयोजना गरेको हो।

स्थान Fugu Restaurent, Gerechtigkeitsgasse 16, 3011 Bern मा दिनको १४:०० बजे देखि सुरु हुने उक्त बिदाइ कार्यक्रममा नेपाली संघ-संस्थाका प्रतिनिधिहरु लगायत नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरू लाई उपस्थित भई दिन संघले हार्दिक अनुरोध गरेको छ।

संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई

स्विट्जरल्याण्डको जेनेभा स्थित संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई यही मार्च महीनाको पहिलो हप्ता भित्र स्विट्जरल्याण्ड आई पुग्ने जानकारीमा आएको छ।

जेनेभा स्थित संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि भट्टराईले २५ माघ शुक्रबारका दिन  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

जेनेभा स्थित संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले स्थायी प्रतिनिधिमा नियुक्त गरेकी थिइन्।

Previous articleस्विट्जरल्याण्डमा ग्याल्बो ल्होसार मनाईयो
Next articleस्विट्जरल्याण्डमा राजदूत धितालको बिदाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here