विगतका वर्षहरूमा झैं यस वर्ष पनि गैर आवसीय नेपाली संघ महिला फोरम स्विटजरल्याण्डले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ।
“राम्रो संतुलन राम्रो संसार” भन्ने मूल नाराका साथ आगामी ०२ मार्च शनिवारका दिन कान्टोन आरगाउ स्थित स्टाउफेनमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको हो। कार्यक्रममा महिला जागरण सम्बन्धी नेपालमा भईरहेका केही परियोजनाहरुका बारेमा बिस्तृत जानकारी दिनुका साथै नेपालका विभिन्न क्षेत्रमा एनआरएनए महिला फोरम स्विट्जरल्याण्डको सक्रियता एवं संलग्नताका बारेमा बिस्तृत विवरण पेश गरिने एनआरएनए महिला फोरम स्विट्जरल्याण्डका संयोकज शुभ एल्मर लामाले जनाएको छ।
नेपाली दूतावास स्विट्जरल्याण्डका नियोग उपप्रमुख तीर्थराज वाग्लेको प्रमुख आतिथ्यता तथा इङ्गल्यान्डबाट मिसेस नेपाल युनिभर्स २०१८ का विजेता र फेसन डिजाइनर मनिषा डंगोल श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा आकर्षक सांगितिक कार्यक्रमका साथ अन्य विविध कार्यक्रम तथा अन्त्यमा रात्रिभोज समेतको आयोजना गरी मनाउने भएको छ।

अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुनका लागि एनआरएनए महिला फोरम स्विट्जरल्याण्डले सम्पूर्ण स्विट्जरल्याण्डवासी नेपालीहरूमा हार्दिक आह्वान गरेको छ। कार्यक्रम सम्बन्धी बिस्तृत जानकारीका लागि शुभ एल्मर लामा तथा विजया भट्ट संग सम्पर्क गर्न सकिने समेत जनाइएको छ ।
सहभागिताका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको कार्यक्रममा खानाको लागि २० स्वीस फ्रान्क तिर्नु पर्ने छ भने विद्यार्थी एवं १२ वर्षभन्दा मुनिका बालबालिकाहरुका लागि भने १० स्वीस फ्रान्क तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरण तल दिइएको छ :

Previous articleस्विट्जरल्याण्डमा राजदूत धितालको बिदाई
Next articleस्विट्जरल्याण्डमा अन्तराष्ट्रिय महिला दिवस मनाईयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here