शेर्पा सोसाईटी, स्विट्जरल्याण्डले यस बर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउनको लागि सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको फुला शेर्पाले जनाएको छ।
विगतका  वर्षहरूमा झैँ यस वर्ष पनि  शेर्पा सोसाइटी स्विजरल्याण्डले नेपालका हिमाली वासीहरूको मुख्य पर्व ग्याल्बो ल्होसारलाई भव्य रूपमा मनाउने तयारी गरेको हो।

नयाँ वर्ष २१४६ औँ ग्याल्बो ल्होसारलाई मनोरञ्जन पुर्ण बनाउन शेर्पा सोसाइटी तीव्र तयारीमा जुटेको छ। ९ फेब्रुअरी शनिबारका दिन तय गरिएको ल्होसार विशेष कार्यक्रमको तयारी पुरा भएको आयोजक शेर्पा सोसाइटी, स्विजरल्याण्डले जानकारी गराएको छ।

कार्यक्रममा गायक छिरिङ शेर्पा र भ्वाइस अफ नेपालबाट परिचित गायक अनिश श्रेष्ठ कार्यक्रममा आफ्नो प्रस्तुति पस्कन आउने कार्यक्रम तय भएको छ। स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ।

Bauernhaws an der limmat, Bahnhofstr. 24, 5300 Turgi तुर्गीमा आयोजना हुने उक्त कार्यक्रम दिनको १४:३० बजेबाट शुरु हुनेछ। प्रवेश शुल्क ३५ स्विस फ्रान्क र साथमा अपेरो, सफ्ट ड्रिंक्स र डिनरको व्यवस्था रहेको छ। १२ वर्ष सम्मका बालबालिकाहरूलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ। पियपदार्थ सुपथ मूल्यमा व्यवस्था गरिएको छ भने कार्यक्रमस्थल सम्म पुग्नका लागि तुर्गीको रेल स्टेशनबाट केबल ३ मिनेट मात्र लाग्ने आयोजकले जानकारी दिएको छ ।

Previous articleवैदेशिक रोजगारीमा गएकालाई सञ्चयकोषमा समेट्ने सरकारी प्रयासको एनआरएनएद्वारा स्वागत
Next articleरिता बिन्दु पाण्डे म्युजिक भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here