शेर्पा सोसाईटी स्वीट्जरल्याण्डले शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होशार मनाउने भएको छ ।
अघिल्ला वर्षहरु झैँ यस पटक पनि शेर्पा सोसाईटी स्वीट्जरल्याण्डको आयोजनामा आगामी ९ फेब्रुहरी शनिबारका दिन आफ्नो समुदायको विशेष पर्व ग्याल्पो ल्होशार मनाउन लागेको हो ।
यूरोपका बिभिन्न देशहरु अष्ट्रिया, फ्रान्स, जर्मनी तथा आयोजक देश स्वीट्जरल्याण्डमा रहेका सम्पूर्ण शेर्पा समुदाय एवं अन्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई उक्त ल्होसार कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनका लागि आयोजक शेर्पा सोसाईटी स्वीट्जरल्याण्डले आह्वान समेत गरेको छ ।
Bauernhaws an der limmat, Bahnhofstr. 24, 5300 Turgi तुर्गीमा आयोजना हुने उक्त कार्यक्रम दिनको २ बजेबाट शुरु भई रातको १० बजे समापन हुनेछ भने कार्यक्रमस्थल सम्म पुग्नका लागि तुर्गीको रेल स्टेशनबाट केबल ३ मिनेट मात्र लाग्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा उपस्थित हुने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुले आ आफ्नो ईच्छा अनुसारको पोशाकमा उपस्थित हुन सक्ने भएपनि बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय एवं बहु धार्मिक देश नेपालका हामी नेपालीहरुले आ आफ्नो सँस्कृति झल्काउने खालका पहिरन एवं झाँकी सहित उपस्थित भएमा कार्यक्रम अझ बढी आकर्षक एवं मनोरञ्जनात्मक हुने भएकोले सोही अनुसार उपस्थितिका लागि आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

Previous articleस्वीडेनबाट दिपराजले ल्याए “मस्कियर”
Next articleमन्दिर र अनाथ बालबालिकाको सहयोगार्थ चलचित्र ‘म्हेन्दू’को शो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here