स्पेन।स्वीडेन निबासी दिपराज थापाले “मस्कियर ” बोलको गीत दर्शक स्रोता माँझ ल्याएका छन्। झन्डै डेढ दशक देखि स्विडेनमा बस्दै आएका गायक थापाले आफ्नै स्वर तथा रचनामा नयाँ गीत सार्बजनिक गरेका हुन्। कमलामाई नगरपालिका-७ , सिन्धुली स्थायी घर भएका उनले हाल हेल्थ एण्ड केयर साईन्स बिषयमा बिध्याबारिधी गरिरहेका छ्न्।

नन्दु राईको संगीत रहेको उक्त गीतको  म्युजिक भिडियोको निर्देशन खुम सुनारले गरेका हुन्। सारिका सुनारसँग गायक थापा आँफैले भिडियोमा अभिनय समेत गरेका छन्। म्युजिक अडियो सुर ताल डिजिटल बाट रेकर्डिङ उक्त गीतको भिडियो दिक्क्षान्त मुभिजले निर्माण गरेको हो।

सानै उमेरमै कला र संगीत प्रति रुचि राख्ने थापाले नाटक लेखन, निर्देशन तथा उद्घोषणमा समेत रुचि राख्छन्।उनि स्विडेनको “नेपाल मण्डप” मा समेत आवद्ध छन् भने गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनका सल्लाहकार समेत हुन्।

गायक थापा भन्छन्,”गीत संगीतको क्षेत्रमा यो मेरो पहिलो प्रयास हो,यहाँहरुबाट प्रोत्साहन र हौसला बटुल्दै निरन्तर लाग्ने सोचमा छु। सल्लाह र सुझावको पनि अपेक्षा राखेको छु।”

पछिल्लो क्रममा युरोपलाई कर्मथलो बनाएर कलाकारहरुले गीत संगीत रेकर्ड गर्ने क्रम बढिरहेको बेला थापाले पनि नेपाली सांगीतिक क्षेत्रमा एउटा ईटा थपेका हुन्।

Previous articleरणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन एवं अक्ष्ययकोष स्थापना
Next articleशेर्पा सोसाईटी स्वीट्जरल्याण्डले ग्याल्पो ल्होशार मनाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here