रामचन्द्र न्यौपाने
डोल्पा ३० पुस
विकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दू’को बिशेष च्यारीटी शो गरिने भएको छ ।
आगामी माघ ७ गते बिहान ८ बजे काठमाडौँको बालाजु स्थित अष्टनारायण हलमा फिल्मको बिशेष च्यारिटी शो गरिने भएको हो ।
डोल्पाको मौलिकतालाई झल्काइएको चलचित्र म्हेन्दू नेपालकै प्रशिद्ध शक्तिपीठ त्रिपुरा सुन्दरी मन्दिर, मान्छेको बलीदिने इतिहास बोकेको ऐतिहासिक क्षेत्र राजारानी लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा छायाङ्कन गरिएको छ ।
डोल्पामा रहेको नेपालकै प्रशिद्ध शक्तिपीठ त्रिपुरा सुन्दरी मन्दिरको अक्षयकोष तथा जिल्लाका बिभिन्न बिद्यालयमा अध्ययनरत बिपन्न अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ फिल्मको च्यारीटि हुने भएको निर्माण पक्षले जनाएको छ । उक्त च्यारिटी शोबाट उठेको रकमबाट मन्दिर र बालबालिकालाई सहयोग गर्ने बताइएको छ ।
डोल्पालीको पीडादायी जीवनशैली र उनीहरुको यथार्त परिदृष्यमा आधारित रहेर छायाँकंन गरिएको चलचित्र म्हेन्दूले समग्र हिमाली भेगको वास्तबिकतालाई प्रतिनिधित्व गरेको छ ।
चलचित्र म्हेन्दूमा डोल्पालीको जनजीवन मात्र नभई यहाँको प्राकृतिक सम्भाबनालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा डोल्पाली महिलाको पीडालाई कथात्मक ढङ्गबाट चलचित्रमा उतारिएकाले डोल्पाली जनता चलचित्र प्रदर्शनको ब्यग्र प्रतिक्षामा छन् ।
देशकै सुन्दर पर्यटकीय गन्तव्य भित्र पर्ने डोल्पालाई चलचित्र म्हेन्दूले देश विदेशमा चिनाउने पनि डोल्पालीको अपेक्षा छ ।
त्यतिमात्र नभई भौगोलिक विकटताको कारण सामान्य औषधि उपचार नपाएरै ज्यान नै गुमाउनु पर्ने हिमाली महिलाको कारुणीक कथालाई समेत चलचित्रले उजागर गरेको निर्देशक देव नेपालले जानकारी दिए ।
चलचित्र म्हेन्दू डोल्पामा छायाँकन गरिएको दोस्रो चलचित्र हो । यसअघि बिश्वप्रशिद्ध क्याराभान फिल्मको छाँयाङ्कन माथिल्लो डोल्पाको जनजीवनमा आधारित रहेर गरिएको थियो ।
देव नेपालको लेखन तथा निर्देशन रहेको चलचित्र म्हेन्दू करिब एक करोड लागतमा निर्माण गरिएको निर्माता अर्जुनप्रसाद डोटेलले बताए ।
दुर्गम हिमाली भेगको वास्तबिकतालाई उजागर गर्न लाखौं रकम खर्च गरेर डोल्पा पुगेर छायाङ्न गरिएको र यसलाई माया गरिदिन निर्देशक डोटेलले आग्रह गरेका छन् ।
समिक्षा मिडियाको ब्यानरमा निर्माण गरिएको चलचित्र म्हेन्दूका कलाकारहरुमा दिपक डोटेल, भोला तिमल्सेना, रमेस सोडारी, चन्द्रमणी मुडबरी, सोनु राई, शान्ति घिसिङ, बाबुराज शाक्य, स्थानीय कलाकार लक्ष्मण देवकोटा, कालुराना, बिन्दा थिङ, प्रतिक्षा खतिवडा, एस राजकुमार, लगायतको अभिनय रहेको छ ।
रोहितविक्रम कार्कीले छायाङ्कन गरेको चलचित्र म्हेन्दूमा द्धन्द निर्देशन राजु किँरातीले गरेका छन् भने बिमलडाँगी, मेलीना राइ, सरोज कोइराला र कुमार लामा योञ्जनले चलचित्रमा संगीत दिएका छन् ।

Previous articleशेर्पा सोसाईटी स्वीट्जरल्याण्डले ग्याल्पो ल्होशार मनाउने
Next articleके हो डावोस् ? नेपाललाई के फाइदा छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here