श्री रणभुवनेश्वरी माध्यमिक विद्यालय देविघाट, नुवाकोटमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको बृहत् भेलाले रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन गर्दै एक अक्ष्ययकोषको स्थापना गरेको छ ।

श्री रणभुवनेश्वरी मावि देविघाटमा बि.सं २०४५ सालमा कक्षा १० मा अध्ययन गरेका विद्यार्थीहरुको पहलमा शनिबार धादिड.को गल्छीमा सम्पन्न बृहत भेला तथा पिकनिक कार्यक्रममा उपस्थित पूर्व विद्याार्थीहरुको भेलालले उक्त समाज गठन गरेको हो ।
भेलाले रामकृष्ण खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको सचिवमा मीन कुमार खतिवडा तथा सदस्यहरुमा दिपक चित्रकार, शशी शाह, शुसिला शर्मा पौडेल, केशव प्रसाद अर्याल, कर्ण बहादुर खड्का, पूर्णमान चित्रकार, दामोदर नेपाल, राम प्रसाद पुडासैनी, बद्री प्रसाद रिमाल, सिताराम रिमाल र हरि रिमाल रहेका छन् भने सल्लाहकार समितिमा राजेन्द्र प्रसाद पुडासैनी, ठाकुर प्रसाद खतिवडा, भरत पुडासैनी, शिव सुन्दर पुडासैनी, बद्री प्रसाद बडाल, भोजराट भट्ट रहेका छन् ।
त्यसैगरी उक्त भेलाले रणभुवनेश्वरी माविमा अध्ययन गर्ने विद्यार्थीहरु एवं विद्यालयको विकासमा सहयोग पुर्याउने उद्देश्यले एक अक्षय कोषको स्थापना समेत गरेको छ । उक्त अक्षयकोष सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्यविधि नव गठित समाजले तय गर्ने गरी भेलाले समाजलाई जिम्मेवारी दिएको छ ।
विद्यालय छाडेको करिब ३० वर्षपछि भएको पूर्व विद्यार्थीहरुको उक्त पुनर्मिलन कार्यक्रम अत्यन्तै महत्वपूर्ण र फलदायी रहेको अधिकाँश सहभागीहरुले बताएका थिए ।

Previous articleपपस्टार धिरज राई सहितको कलाकार टोलीले स्विट्जरल्याण्ड ततायो
Next articleस्वीडेनबाट दिपराजले ल्याए “मस्कियर”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here