स्विट्जरल्याण्ड।  पपस्टार धिरज राई सहितको कलाकार टोलीले स्विट्जरल्याण्ड तताएको छ। युरोपको चिसो मौसममा राई सहित गायिका सुनिता दुलाल र प्रकाश सपुतको टोलीले स्विट्जरल्याण्ड तताएको हो। शनिबार स्विट्जरल्याण्डको बेर्नबाट कलाकारहरुले युरोपको सांगीतिक यात्रा सुरु गरेका हुन्।

गायक राईले आफ्नो चर्चित गीत लुकीलुकी सहित बुद्ध बर्न नेपाल लगायतका गीतहरु सुनाए। “बोल माया” का गायक सपूतले आफ्नो चर्चित लोक दोहोरी गीत र गायिका दुलालले झम्केफूली सुनाईन्।

त्यस्तै भ्वाइस अफ नेपालबाट परिचित गायक अनिश श्रेष्ठले पनि आफ्नो जोडदार प्रस्तुति राखे। कार्यक्रमको अन्त्यमा एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष भूमीराज गुरुङ र चर्चित गायिका दुलालको दोहोरी घम्साघम्सीले दर्शकहरु झनै रमाएका थिए।

युरोप टुरमा हिँडेका कलाकारहरूको आगामी प्रस्तुति  जर्मनी, फिनल्याण्ड, डेनमार्क, नर्वे र बेल्जियम रहेको छ। कार्यक्रममा स्विट्जरल्याण्डका विभिन्न शहरहरूबाट दर्शकहरुले सहभागिता जनाएका थिए।

नेपाली समाज बेर्नको आयोजनामा र गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

Previous articleबेर्नमा साँगेतिक कार्यक्रम हुने
Next articleरणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन एवं अक्ष्ययकोष स्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here