यही आउँदो २२ डिसेम्बर शनिवारका दिन स्विट्जरल्याण्डको राजधानी बेर्नमा नेपाली साँगेतिक कार्यक्रम हुने भएको छ।

नेपाली समाज बेर्नको मुख्य आयोजनामा र गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डको सहयोगमा हुने उक्त साँगेतिक कार्यक्रमलाई आकर्षक एवं सफल बनाउन नेपालबाट चर्चित गायक धिरज राई, प्रकाश सपूत र गायिका सुनिता दुलाल कार्यक्रममा आफ्नो प्रस्तुति पस्कन आउने कार्यक्रम तय भएको छ। भ्वाइस अफ नेपालमा आफ्नो कला प्रस्तुत गरि सकेका अनिश श्रेष्ठ र स्थानीय कलाकार नवराज घिमिरे लगाएत कलाकारहरूको पनि बेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ।

उक्त दिनको ठीक १६:०० बजेबाट कार्यक्रम सुरु गरिने कार्यक्रम तय भएको छ। Brunngasse 36, 3011 Bern मा हुने साँगेतिक कार्यक्रमको प्रवेश शुल्क २० स्विस फ्रान्क र साथमा अपेरो र सफ्ट ड्रिंक्सको व्यवस्था रहेको छ। स्वादिष्ठ म:म र पियपदार्थको व्यवस्था रहेको तर म:म र पियपदार्थको भने छुट्टै शुल्क लाग्ने छ।

त्यसैगरी कार्यक्रम आयोजक नेपाली समाज बेर्नले स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु तथा अन्य नेपालीहरु समेतलाई कार्यक्रममा उपस्तित भई सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरिदिनका लागि आग्रह समेत गरेको छ।

कार्यक्रम बारे पूर्ण जानकारीको लागि बिष्णु थापा ०७९३८७०९०१, सिव सुब्बा ०७९९४५१२५५, जंगम खड्गा ०७९८१४१५३२ र  भूमिराज गुरूङ ०७६४२७५४४३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

 

Previous articleनेपाल यूएई फ्रेण्डसीप सोसाइटी गठन
Next articleपपस्टार धिरज राई सहितको कलाकार टोलीले स्विट्जरल्याण्ड ततायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here