काठमाडौं ।
नेपाल यूएई फ्रेन्डसीप सोसाइटीको स्थापनाको विधिवत् घोषणा गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि एवं नेपालका लागि संयुक्त अरब ईमिरेट्स यूएईका राजदूत महामयिम सईद हमदान अल नक्बी तथा सोसाईटीका अध्यक्ष एवं फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको सो संस्थाको उद्येश्य दुई देश बीचको आपसी संबन्ध तथा पर्यटन प्रवर्धन, सांस्कृतिक आदान प्रदान तथा मैत्री संबन्धलाई अझ दरिलो बनाउने रहेको बताइएको छ ।


कार्यक्रमका प्रमुख अतिथि अल नक्वीले युएईमा नेपालीहरुमाथि ठूलो विश्वास रहेकोले युएईका शाही दरवारदेखि एयरपोर्ट लगायतका सबै तहमा नेपालीहरु कार्यरत रहेको बताए ।

उनले प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय विकासका कार्यक्रममा युएइको सधैं सहयोग रहने आश्वासन दिँदै विश्वको उच्च मानव निर्मित संरचना बुर्ज अल खालिफा टावरले दैनिक एकलाख डलरसम्म आम्दानी गर्न सकेको यथार्थता बीच विश्वको सबै भन्दा अग्लो प्राकृतिक शिखर सगरमाथामा समेत सो संभावना लुकेकोे बताए ।


‘कुटनीतिमा तीनदशक’ पुस्तकका लेखक तथा सोसाइटीका अध्यक्ष समेत रहेका श्रेष्ठले आफू युएई दूतावासमा कार्यरत रहँदा युएई र नेपालबीच धेरै सहयोग र सहकार्यको संभावना देखेकोले सो कार्यलाई साकार रुप दिन संस्था उपयोगी हुने बिचार व्यक्त गरे ।
सो सोइटीको उपाध्यक्षमा जेपी सापकोटा, महासचिवमा दामोदर नेपाल र कोषाध्यक्षमा ज्ञानु गजमेर रहेका छन ।

त्यसै गरी सदस्यहरुमा हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र अपराजिता खड्का रहेका छन् । संस्थाका सबै पदाधिकारीहरु युएईको रोजगारीपछि नेपाल फर्केका हुन् ।


त्यसैगरी संस्थाका ५ सदस्यीय सल्लाहाकार समितिमा क्याप्टेन प्रचण्डजंग शाह, रामेश्वर शाह, डा. आसिफ अलि सिद्यिकी, मोहन शर्मा र विज्ञानजंग राणा रहेका छन् ।

Previous articleतेश्रो स्विस नेपाल टेक्नोलोजी ट्रान्सफर कार्यशाला २०१९ हुँदै
Next articleबेर्नमा साँगेतिक कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here