गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। प्रवासी भूमिमा मनाइने उक्त तीज कार्यक्रमलाई आकर्षक एवं सफल बनाउन यस पटक नेपालबाट चर्चित गायिका रिता के. सी. कार्यक्रममा आफ्नो प्रस्तुति पस्कन आउने कार्यक्रमम तय भएको छ।
आगामी १५ सेप्टेम्बर २०१८ शनिवारको दिन स्वीट्जरल्याण्डाको सियोनमा हुने तीज कार्यक्रममा यस पटक भने केबल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभएर महिला सशक्ति करण सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत गरिने आयोजकले बताएका छन् । एनआरएनए आईसिसी महिला संयोजक रजनी प्रधान र यूरोप क्षेत्रीय महिला सहसंयोजक संगीता मरहट्ठा अतिथिको रुपमा कार्यक्रममा सहभागी हुने जानकारी प्राप्त भएको आयोजकले जनाएको छ।
एनसिसी स्वीट्जरल्याण्ड महिला फोरम संयोजक शुभ एल्मर लामाले दिएको जानकारी अनुसार उक्त दिन दिनको ठीक १३ः३० बजेबाट अन्तरक्रिया कार्यक्रम सुरु हुने र त्यसपछि तीज कार्यक्रम सुरु गरिने कार्यक्रम तय भएको छ । त्यसैगरी कार्यक्रम आयोजक महिला फोरमले स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु तथा अन्य नेपालीहरु समेतलाई कार्यक्रममा उपस्थित भई सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरिदिनका लागि आग्रह समेत गरको छ । उक्त कार्यक्रम सम्मन्धी अन्य बिस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ ।

Previous articleयुरोपेली बैठकमा स्विट्जरल्याण्डको महिला फोरमको चर्चा
Next articleरिटर्नी माईग्रेण्ट नामक संस्था गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here