गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको महिला फोरमले प्रगतिबिरण प्रस्तुत गरेको छ। लक्जम्वर्गमा सम्पन्न नवौ युरोपेली महिला भेलामा फोरमले आफ्नो बिबरण प्रस्तुत गरेको हो। सन् २०१७- २०१९ को कार्यसमितिले हालसम्म गरेका कामहरु बारे भेलामा जानकारी गराउदा स्विट्जरल्याण्ड स्थित फोरमले प्रंशसा र चर्चा बटुलेको थियो।

महिला फोरम संयोजक शुभा एल्मर लामाले आँफू पुन संयोजकमा नियुक्त भएपछि गरेका कामहरुको चर्चा गरिन्। उनले गत बर्ष तीज कार्यक्रमबाट बाढी पहिरो पिडितलाई फोरमको सक्रियतामा रकम संकलनको कार्य देखि बालबालिकाहरुलाई न्यानो कपडा बितरणसम्मका गतिबिधिहरु प्रस्तुत गरेकी थिईन्।

महिला फोरम स्विट्जरल्याण्डले आफ्नै बैङ्क खाता संचालनमा ल्याएको भन्दै संयोजक लामाले केन्द्रिय प्रोजेक्टमा पनि पटक-पटक स्विट्जरल्याण्डबाट सहयोग पुगेको बताईन्। अन्तराष्ट्रिय नारी दिवसमा राजदूतको उपस्थितिमा अन्तरक्रिया र बहस सहित महिला सशक्तिकरणको सन्देश सहित कार्यक्रम सम्पन्न भएको पनि सो अबसरमा जानकारी गराईएको थियो।

“एक एनसीसी एक प्रोजेक्ट” अन्तरर्गत काभ्रेमा प्रौढशिक्षा कार्यक्रम संचालनका लागि सहयोग पुगेको समेत उनले बताईन्। युरोपेली भेलामा संघका केन्द्रिय अध्यक्ष भवन भट्ट,केन्द्रिय उपाध्यक्ष सपिला राज भण्डारी,महिला संयोजक रजनीप्रधान लगायत एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

Previous articleयस्तो छ एनआरएनए स्विट्जरल्याण्डको प्रगतीबिबरण
Next articleस्विट्जल्याण्डमा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here