नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्डद्वारा नागरिक दैनिककी भाषा शर्मा सम्मानित भएकी छिन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच बेलायतका पूर्व यातायात मन्त्री पाउल क्लार्क, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआईएम)का प्रतिनिधि ओमार जारौर, इन्डियन एलाइन्स फर रोड सेफ्टी एनजीओका अध्यक्ष अनुराग कुलश्रेष्ठ, नेसनल रोड सेफ्टी एलाइन्स नेपालका संयोजक तथा सांसद योगेश भट्टराई र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका सदस्य सौरभ ज्योति लगायतले संयुक्त रुपमा उनलाई सो अवार्ड प्रदान गरेका हुन् ।
शर्मालाई नेपालको सडक सुरक्षाका लागि निरन्तर रुपमा कलम चलाए वापत सो अवार्ड प्रदान गरिएको हो । उक्त अवार्डका साथमा सम्मानपत्र तथा नगद ११,१११ ।– (एघार हजार एक सय एघार) रहेको छ ।
नेपालको सडक सुरक्षामा क्रियाशिल नासाले रोड सेफ्टी फोरम नेपाल र स्वतन्त्रता अभियान नेपाल लगायतका संस्थाहरुको सहकार्यमा रोड सेफ्टी मिडिया अवार्ड वितरण गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा यो वर्षलाई ‘मोटरसाइक्लिङ सेफ्टी इयर २०७५’ को रुपमा मनाइने भएको छ । नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसनले सो घोषणा गरेको हो ।
नेपालमा हुने सडक दुर्घटनाको मूख्य कारण मोटरसाइकल भएकोले यस वारेमा जनचेतना जगाउनका लागि यो वर्ष विभिन्न कार्यक्रम गरिने नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) का अध्यक्ष सीताराम न्यौपानेले बताए ।

Previous articleवैदेशिक रोजगारीबाट फर्केकाहरुको राष्ट्रिय भेला राजधानीमा हुँदै
Next articleकथाकार बेहोसीको “सेतो स्कार्फ” लोकार्पण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here