वैदेशिक रोजगारीबाट फर्किएर लामो समयदेखि छरिएर रहेका नेपालीहरुको सक्रियता एवं सहभागितामा एउटा राष्ट्रिय भेला हुने भएको छ ।
काठमाडौँको राष्ट्रिय सभागृहमा आगामी आषाढ २७  गते बिहान ११ बजेदेखि शुरु हुने उक्त भेलाको आधिकारिक आयोजना राष्ट्रिय युवा परिषदले गर्दै छ भने भेला सम्बन्धी सम्पूर्ण तयारी वैदेशिक रोजगारीबाट फर्किएका केही जुझारु युवाहरुको सक्रियतामा भईरहेको छ ।
राष्ट्रिय भेला आयोजनामा निरन्तर सक्रिय मध्येका एक उत्तम अधिकारीले दिएको जानकारी अनुसार विभिन्न कारणले वैदेशिक रोजगारीमा रहेका र आफ्नो विदेशको काम वा बसाई सकी स्वदेश फर्किएर कुनै पनि काम वा व्यवसायमा सक्रिय वा बेरोजगार रहेका जो कोही व्यक्तिले उक्त सम्मेलनमा भाग लिन सक्ने छन् ।
वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको खास तथ्याँक कसैसँग पनि छैन तथापि ठूलै संख्यामा नेपालीहरु रहेका छन् । तिनै नेपालीहरुका लागि आयोजना गरिएको सम्मेलन भए पनि कार्यक्रमको सीमित दायरा भएका कारण आयोजकले उक्त राष्ट्रिय भेलालाई व्यवस्थित एवं मर्यादित बनाउने हेतूले आषाढ २० गते मंगलबार भित्र दिईएको अनलाईन लिंकमा गएर फाराम भर्नेलाई मात्र सम्मेलनमा सहभागी गराउन सकिने बताएका छन् । सम्मेलनमा सहभागिताका लागि अनलाइन फाराम भरेर पठाएका व्यक्तिहरुका लागि छुट्टै प्रवेश कार्डको व्यवस्था गरिने पनि आयोजकले बताएका छन् ।
उक्त राष्ट्रिय भेलालाई सफल पार्न सामाजिक सञ्जालको समेत प्रयोग भईरहेको छ भने सामाजिक सञ्जाल वा प्राप्त टेलिफोन नम्बरका माध्यमबाट समेत देशभरका अधिकाँश जिल्लाहरुमा रहेका व्यक्तिहरुलाई उक्त अभियानमा जोड्ने क्रम जारी रहेको पनि सम्मेलन आयोजनामा जुटेका अगुवाहरुले बताएका छन् ।

वैदेशिक रोजगारबाट फर्किएका पूर्व प्रवासी नेपालीहरुका बारेमा पनि राज्यले यथोचित सम्बोधन गरोस् भन्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको उक्त सम्मेलनमा पूर्व प्रवासी नेपालीहरुको वर्तमान अवस्था कस्तो छ ? सो वर्गलाई यथासमयमा नै राज्यले उचित सम्बोधन गरेर नीति निर्माण गरि योजना तर्जुमा नगरे यसको दुरगामी असर कस्तो रहला तथा सरकारको प्राथमिकता विदेशबाट फर्किएका नेपालीलाई पुनः विदेश नै पलायन हुनबाट रोक्ने हुनुपर्ने हो कि नयाँ कामदारलाई विदेश जानबाट रोक्नु हो ? राज्यको सहयोग वा अनुदान वा राज्य र यो वर्गको संयुक्त लगानीमा के कस्ता परियोजना संचालन गरेर यो वर्गलार्इ आत्मनिर्भर बनाउदै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने जस्ता विषयहरुमा उक्त भेलामा आवाज उठाईने सम्मेलन आयोजनामा सक्रिय यूवाहरुले जानकारी दिएका छन ।

भेलामा सहभागी हुन तलको लिन्कमा क्लिक गरेर अनलाइन फारम भर्न सकिने छ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeLO5t2aVNHbRdaAeZNITrNFx0kqnriJ6twVIJfHNvw0nhqKg/viewform?c=0&w=1

Previous articleएसईई परीक्षाफलमा देखिएको त्रुटीमाथि छानबिन गरिने
Next articleभाषा शर्मा नासाको रोड सेफ्टी मिडिया अवार्डद्वारा सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here