नेपाली झण्डा दिवसको तयारी गरौ, नेपाली हुनुमा गर्व गरौँ भन्ने मूल मन्त्रका साथ बैशाख १ गतेलाई नेपाली झण्डा दिवसको रुपमा मनाउने तयारी भइरहेको छ ।

नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ, बैशाख १ गते तदनुसार अप्रिल महिनाको १४ तारिखलाई राष्ट्रप्रेम भावले मनाऔं भन्ने नाराका साथ बिगत ४ वर्षदेखि बैशाख १ गतेलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको रुपमा मनाइँदै आइएको छ।

नेपाली टोपी दिवस झैँ नेपाली झण्डा दिवस पनि ताईवानमा बसोबास गर्ने डा. लेखनाथ काफ्लेको अग्रसरतामा शुरु भएको थियो।

हामी सबैको नयाँ वर्ष बैशाख १ गते देश विदेशमा रहेका नेपालीहरुले भव्यताका साथ मनाउने गरेकोमा गत ४ वर्षदेखि झण्डा दिवसका रुपमा समेत मनाउन थालिएको छ। संसारकै एकमात्र बिशेष गणितीय आकारको भएको नेपाली झण्डा समस्त नेपालीहरुको साझा र मौलिक पहिचानको चिन्ह पनि हो।

शताब्दीऔंदेखि प्रयोग भैरहेको नेपाली झण्डाको जनस्तरमा व्यापक प्रयोगलाई विश्वमय बनाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

गत जनवरी महिनाको १ तारेखलाई हामी सबैले अन्तर्राष्ट्रिय टोपी दिवसलाई भव्यताका साथ मनाइएको थियो । यसैगरि नजिकै आईरहेको १ बैशाख २०७५ का दिन चौथो अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवस भव्यताका साथ मनाउन सबैलाई आह्वान गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका लागि बैशाख १ गतेका दिन आआफ्नो अवस्था अनुसार घर, आँगन, गाडी, कार्यालय, रेष्टुरेन्ट, पसल, झ्याल आदि स्थानहरुमा नेपाली झण्डाको प्रयोग गरी फोटो खिचेर चौतारीमा अपलोड गर्नका लागि आयोजक टिमले आह्वान गरेको छ । अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसमा प्राप्त भएका फोटाहरुको मुल्यांकन गर्न एक समितिको गठन समेत गरिएको छ ।

बुद्धिसागर घिमिरे न्यूजिल्याण्ड० को अध्यक्षतामा कृष्ण अधिकारी ९जापान०, पुरू जोशी ९दक्षिण कोरिया०, दामोदर नेपाल ९नेपाल०, मित्रलाल पार्दे ९पोल्याण्ड० र शैलेस पोखरेल ९अमेरिका० रहेको मूल्यांकन समितिले चौतारीमा प्राप्त फोटाहरु मध्ये ती फोटाहरुलाई प्रथम, द्वीतीय र तृतीय तथा अन्य ६ वटा फोटाहरुलाई उत्कृष्ट घोषणा गर्नेछ।

Previous articleअमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने
Next articleरत्यौली प्रतियोगितामा इन्द्रेणी आमा समूह प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here