पोखरा – नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ सकिएको छ। महोत्सवमा भित्र वाहिर गरी ९५ लाखको आलुको कारोवार र ६२ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए।

महोत्सवमा आयोजना गरेको रत्यौली प्रतियोगितामा इन्द्रेणी आमा समूह प्रथम, नमुना आमा समूह द्धितीय, गुप्त कालिका आमा समूह तृतीय तथा दहरे देउराली आमा समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान इकाइ हेमजा सान्त्वना भएका थिए। उत्कृष्ट लुठो तर्फ सृजनशिल आमा समूह, उत्कृष्ट दुलाह दुलही तर्फ गन्धर्व आमा समूहले पुरस्कार प्राप्त गरेका थिए।

त्यसैगरी उत्कृष्ट कृषि स्टल तर्फ कामधेनु कृषक समूह, उत्कृष्ट व्यापारिक स्टल तर्फ सुजीत एण्ड स्वेता स्टोर्स र उत्कृष्ट रेष्टुरेण्ट्र तर्फ न्यू रिसिड्ड तनहुले पुरस्कार प्राप्त गरेका छन्। महोत्सव अवधिभर उत्कृष्ट नृत्य गर्नेलाई पनि पुरस्कार प्रदान गरिएको थियो। महोत्सव उत्कृष्ट नृत्य गरेवापत लामा चौतारा खुट्टाको गौंडा आमा समूहले च्याङ्ग्रा पाप्त गरेको छ।
त्यसैगरी राधा कृष्ण आमा समूहले ३ हजार, पोखरा–२५ हेमजाका डम्वरबहादुर खड्काले भाले, धम्पुसका नरेश विकले पोथी तथा पोखरा–१० रामवजारका चन्द्रबहादुर गुरुङ, सानु गुरुङ तथा पोखरा–९ का कमल कार्कीले १÷१ हजार प्राप्त गरेका छन्।

महोत्सवमा क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट ५ जनालाई पुरस्कृति गरिएको थियो। यसरी पुरस्कृत हुनेहरुमा गोर्खाका गाई फार्मका राजेन्द्रराज पन्त, स्याड्डजाका सुन्तला खेती किसान रामप्रसाद भण्डारी, अर्घाखाचीका किसान गणेशप्रसाद वञ्जाडे, गुल्मीका किसान विनबहादुर कुँवर र लम्जुङका किसान कृष्णप्रसाद वजगाई रहेको प्रदेश नं.४ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलायका उपसचिव माधवप्रसाद लम्सालले जानकारी दिए।

समापन कार्यक्रममा बोल्दै प्रदेश नं.४ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले हेमजा शित भण्डार निर्माणका लागि मन्त्रलायले पहल गर्ने बताएका छन्। उनले यहाँका आलुले गर्दा हेमजालाई राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा चिनाएको हुदा आलुको उत्पादन वृद्धि गर्नका लागि पहल गर्नु पर्ने उल्लेख गरे। कृषका लागि अव राज्य समस्या नभई समन्वयको भूमिका खेल्ने उनको भनाइ थियो। कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष शोभकर तिमिल्सिना, कृषि सहकारीको तर्फबाट भिमप्रसाद श्रेष्ठले बोलेका थिए।

शुक्रवार चोलेन्द्र पौडेल, जीवन दाहाल शंकर विरही गुरुङ, लक्ष्मी नेपाली, माया केसी, निश्चल थापा परशुराम अधिकारी, गंगा त्रिपाठीको प्रस्तुति रहेको थियो। विष्णु पादुका क्लब हेमजाका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले स्वागत र कार्यक्रम सञ्चालन महासचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए।

Previous articleअन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी पूरा
Next articleदेउवालाई पार्टीका पदाधिकारी मनोनयन गर्न सकस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here