पोखरा – पर्यटकीय नगरी पोखरामा पर्यटकहरुलाई नयाँ गन्तव्यको रुपमा वाटर पार्क संचालनमा आउने भएको छ। पोखरा आउने आन्तरिक तथा बाह्यि पर्यटकहरुको लागि नयाँ गन्तव्यको रुपमा आफुहरुले वाटर पार्क सहितको आर्य दि रिसोर्ट संंचालनमा ल्याउन लागेको संचालक अमितराज मुल्मीले बताए ।

पोखरा ताल तलैयाको शहरको रुमपा परिचित भए पनि ब्यबस्थित वाटर पार्क नभएकोले पोखरामा थप मनोरन्जन दिने उद्धेश्यले पनि आफुहरुले नयाँ बर्ष २०७५ वैशाख एक गतेबाट उक्त पार्क सहित रेष्टुरेण्ट संचालनमा ल्याउने भएको संचालक मुल्मीले बताए । पोखरा लेखनाथ महानगरपालीका १४ कुडँहर फाटँमा रहेको उक्त पार्कमा प्रबेश गरे पछि वाटर पार्क बिग स्प्पाश भित्र रहेका सवै किसिमका स्लाईडमा खेल्न पाउने छन। पौडी र पानीमा रमाउनेका लागि ३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो स्लाइडिङ गरी पुलमा उत्रीदै पानीको मज्जा लिन सकिने प्रालिका प्रबन्ध निर्देशक समेत रहेका अमितराज मुल्मीले बताए । त्यसै गरि ३० फिटको उचाईमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो फ्ल्यास पुलमा उत्रन मिल्ने, ३० फिट उचाइमा १ सय २० फिट लामो र १५ फिट उचाइमा ६० फिटलामो छुट्टा छुट्टै स्टे«ट स्लाइड र वेभ स्लाइडबाट अर्को पुलमा उत्रने मिल्ने गरि वाटर पार्क निर्माण गरिएको उनले जनाए ।

पार्कमा मनोरञ्जनका लागि अन्य आकर्षक फाउण्टेन्सहरु पनि निर्माण गरिएको निर्देशक मुल्मीले जनाए । शुभारम्भको अवसरमा २ फिट ६ इन्च भन्दा साना बालबालीकालाई प्रवेश निःशुल्क गरेको छ भने उचाई ४ फिट सम्मका लागि ४ सय ३५, ४ फिट उचाई माथि भएकालाई ४ सय ९५ रुपैयाँ निर्धारण गरेको प्रालिले जनाएको छ।
प्रालिले ११ करोड लागत निर्माण गरेको उक्त संरचना १३ रोपनी क्षेत्रफलमा फैलिएको मुल्मीले बताए । वाटर पार्क करिब १७ महिनामा निर्माण गरिएको हो । परिवार, बालबच्चा सहित रमाउन सकिने आर्य दि रिसोर्ट फन प्रालिमा केही सयम पछि होटल समेत संचालन गर्ने योजना भएको प्रालिका आनन्दराज मुल्मीले बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका मुल्मीले आफ्नो पारिवारिक लगानी भएको बताउर्दै वाटर पार्क पोखरा आउने पर्यटकका लागि नयाँ गन्तब्य हुने दाबी गरे। वाटर पार्कमा आवश्यक पानी प्रालिले बोरिङ्ग गरि निकालेको हो । पानीलाई उच्च प्रविधिमा प्रशोधन गरि प्रयोगमा ल्याएको मुल्मीले बताए । वाटर पार्कका बिभिन्न खानाका परिकार सहित रेष्टुरेण्ट समेत संचालनमा छ । प्रालिले हाल २५ जनालाई रोजगार दिएको छ भने प्रति टिकट ५ रुपैया सामाजिक सेवामा खर्चिने भएको छ । बिहान १० बजे देखि साँझ ६ बजेसम्म उक्त वाटर पार्क खुल्ने छ । उक्त पार्कमा जानु पुर्व महिला तथा पुरुषहरु नुहायर मात्र जाने ब्याबस्था गरिने छ भने महिला तथा पुरुषको लागि छुट्टा छुट्टै चेन्जिङ रुम रहेकाछन। सुरक्षाको दृष्टिले अनुभवी कर्मचारी रहने प्रालिले जनाएको छ।

Previous articleएनआरएनए स्विट्जरल्याण्डले परिचय पत्र बितरण गर्ने
Next articleपर्यटक दौड प्रतियोगितामा फेवा डुंगा व्यवसायी संगठनको समूह ए प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here