गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले पंञ्जीकृत सदस्यहरुलाई संघको परिचय पत्र बितरण गर्ने भएको छ।

गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदले प्रत्यक गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषदका पञ्जीकृत सदस्यहरुलाई राष्ट्रिय परिषदको परिचय पत्र बितरण गर्ने निर्णय गरे लगत्तै एनआरएनए स्विट्जरल्याण्डले संघका पंञ्जीकृत सदस्यहरुलाई परिचय पत्र बितरण गर्न लागेको हो।

गैर(आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरुङले दिएको जानकारी अनुसार तल उल्लेखित लिङ्कमा गई फर्म भरेर फोटो पठाउन संघले सबैसँग अनुरोध गरेको छ।

संघको काठमाडौंस्थित सचिवालयबाट नै तयार भएर आउने उक्त परिचय पत्र गैर आवासीय नेपाली संघ द्वारा नै बितरण गरिने जानकारी समेत संघले गराएको छ।

परिचय पत्रको फर्मः https://docs.google.com/forms/d/e/1FAIpQLSfoEZkC7yD4iW2wtDZoSsxCGYlnp9FKa19TGOxkTkwac1BaTA/viewform

Previous articleयातायात सेवा समितिहरू खारेज गर्ने सरकारको तयारी
Next articleपोखरामा नयाँ गन्तव्यको रुपमा वाटर पार्क संचालनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here