काठमाण्डौ – निर्वाचनमा पार्टी हारको समीक्षा गर्ने एजेन्डासहित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नु दुई दिनअघि यहाँ सुरु जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेलामै नेताहरूबीच ध्रुवीकरण सुरु भएको छ ।

निर्वाचनमा हारको दोष नेतृत्वलाई मात्रै दिने या सबैले जिम्मेवारी लिने, यसै विषयमा विशेष वा ‘अर्ली’ महाधिवेशन बोलाउने या महासमिति बैठकमै चित्त बुझाउने, नेतृत्व परिवर्तनको दिशामा अघि बढ्ने या नबढ्ने, निर्वाचन हार्नुमा नेतृत्वको कार्यशैलीलाई दोष दिने या नदिनेजस्ता सवालमा ध्रुवीकरण देखिन थालेको हो ।

निर्वाचनमा पराजित हुनुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई मुख्य कारण ठान्दै संस्थापनइतर पक्ष एकठाउँमा उभिएपछि देउवासमर्थित संस्थापन पक्षका नेताहरू पनि नेतृत्वको बचाउमा लागेका छन् । यस्तै परिदृश्यका साथ कांग्रेस कोषाध्यक्षको दोस्रो राष्ट्रिय भेला बुधबारदेखि सुरु भएको हो ।

उद्घाटन सत्रमा नै संस्थापन पक्ष सभापति देउवाको बचाउमा लागे भने वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष नेतृत्वको विरोधमा उत्रिएको थियो । नेताहरूबाटै सुरु भएको यो ध्रुवीकरणको प्रभाव बिहीबार हुने बन्द सत्रमा समेत देखिने छ ।

हारमा सभापति देउवाको मात्रै दोष नभएको भन्दै संस्थापन पक्षका नेताहरूले सार्वजनिक स्थलमै विरोध र एकले अर्कोलाई खुइल्याउने गरी नबोल्न आह्वान गरेका थिए । तर, पौडेल पक्षीय नेताहरूले भने पार्टी सभापति देउवाले संस्थागत रूपमा पार्टी हाँक्न नसकेको, आफ्नो समूहलाई बलियो बनाउने नाममा विधानविपरीतका कदम चालेको र सरकारको नेतृत्व लिँदासमेत प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।

हारको जिम्मेवारी नेतृत्वले लिनुपर्छ – रामचन्द्र पौडेल

सुगा हौं र देखेको बोल्न नपाउने ? – प्रकाशमान सिंह

महाधिवेशन भए देउवाले नै जित्नुहुन्छ – विमलेन्द्र निधि

Previous articleअमेरिकी दूतावासद्धारा चन्द्रागिरिमा नजान ‘ट्राभल्स एड्भाइजरी’ जारी
Next articleस्विट्जरल्याण्डको बासेलल्याण्डमा पारिवारिक क्याम्पिङ हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here