स्वीट्जरल्याण्ड,
स्वीट्जरल्याण्डवासी नेपालीहरु बीच विगतका वर्षहरूमा झैँ यस वर्ष पनि पारिवारिक क्याम्पिङ कार्यक्रम हुने भएको छ।
स्विट्जरलयाण्डको बासेलल्याण्ड स्थित Berghütte SC Skylla, Eptingen मा १९ मे देखि २१ मे सम्म उक्त पारिवारिक कक्याम्पिड. कार्यक्रम सम्पन्न हुने आयोजक द्वय पुला शेर्पा र राम परियारले जनाएका हुन् ।
आयोजकका अनुसार अलिक पृथक ढंगले मनाउने गरिएको पारिवारिक क्याम्पिड.मा यस वर्ष पनि खुल्ला आकाशमुनि चलचित्र प्रदर्शन गरेर सबैलाई फरक खालको मनोरञ्जन दिने जनाइएको छ । १९ मे शनिवार दिउँसो दिनको १२स्०० बजेबाट कार्यक्रम शुरु गरि २१ मे सोमवार बिहानको खाजापछि समाप्त गरिने छ।
कार्यक्रमलाई चुस्त दुरुस्त र सहजतापूर्ण बनाउने हेतूले व्यवस्थापन गरिएको हुँदा उक्त कार्यक्रममा सहभागिताका लागि आगामी मे महिनाको ५ तारिख भित्रमा आ आफ्नो नाम दर्ता गराईसक्नु पर्ने व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।
क्याम्पिङमा सहभागी मध्ये पाल नहुनेहरूका लागि सो स्थानमा अवस्थित बेर्गहुट्टेमा (घर भित्र) सुत्ने व्यवस्था पनि गरिएको छ । उक्त पारिवारिक क्याम्पिड. सम्बन्धी अन्य जानकारीका लागि आयोजक द्वय पुला शेर्पा सम्पर्क नं. ०७८८१९९२०९ र राम परियार सम्पर्क नं. ०७६३३४६५२६ मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

Previous articleकांग्रेसको जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेलामै नेताहरूबीच ध्रुवीकरण सुरु
Next articleसमयमै विमानस्थलको काम सक्न मेयरको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here