काठमाण्डौ – नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ। आजको कारोबार दैनिकमा खबर छ ।

कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ।

माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन्। दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो।

दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका लागि सुरक्षा एलर्ट जारी गरेको हो। दूतावासले निकालेको उत्तः अर्लटमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।

सरकारले पनि अमेरिकी दूतावसका दावी भ्रामक रहेको भन्दै खण्डन गरेको छ। नेपालमा पछिल्लो समय कुनै क्षेमा अमेरिकी दूतावसले भनेजस्तो सुरक्षाको खतरा नभएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताए।

Previous articleगृहमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा
Next articleकांग्रेसको जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेलामै नेताहरूबीच ध्रुवीकरण सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here