पोखरा – स्वतन्त्र पत्रकार संघ नेपाल, कास्की शाखाले एक कार्यक्रमका बीच रुपन्देहीकी पत्रकार सीता दर्नाल तथा पोखरा–८, सिमलचौर स्थित महिला सीप विकास संस्थालाई सम्मान गरेको छ ।संघले आफ्नो बार्षिक कार्यक्रम अनुसार पत्रकार दर्नाललाई तथा सीप विकास संस्थालाइ नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी उच्च अदालत पोखराका मुख्य न्यायाधीस कुमार चुडालले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।न्यायाधीस चुडालले राजनैतिक आस्थाका आधारमा पत्रकारिता गर्दा सत्य तथ्य कुरा बाहिर नआउने दावी गर्दै पत्रकारिता स्वतन्त्र, विश्वसनिय, प्रमाण लायक, निर्भक र तत्थपरक हुनुपर्नेमा जोड दिए ।

प्रदेश सभा सदस्य विन्दुकुमार थापाले स्वतन्त्र पत्रकार संघको महिला पत्रकार सम्मान तथा महिला संस्था सम्मान कार्यक्रम प्रशम्सनीय रहेको चर्चा गर्दै प्रदेश तहमा निर्माण गरिने कानुनलाई महिलामैत्री बनाउन पहल गर्ने प्रतिबद्घता जाहेर गरे ।त्यस्तै अर्का प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारीले नेपालमा अधिकाशं महिला साक्षर मात्र भएकाले उनीहरुलाई साक्षरताको तहबाट माथि उठाई शिक्षित बनाउनुपर्ने बताइन । भण्डारीले महिला शिक्षीत भएमात्रै समग्र देश शिक्षीत बन्ने जिकीर गर्दै महिलाहरुको ससक्तिकरणमा पुरुष दाजुभाईले पनि भुमिका खेल्नुपर्ने चर्चा गरिन ।स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघ स्वाभिमानी पत्रकारहरुको संस्था भएको दावी गर्दै स्वतन्त्र पत्रकारले पत्रकारिता गर्दा आफ्नो दलिय आस्था प्रकट नगर्ने बताए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, शान्तिका लागि नागरिक संजाल समाजका विश्नुप्रसाद बराल, ब्रहकुमारी ईश्वरीय विश्वविद्यालयका प्रतिनिधि शोभा नेपाल ,प्रेस चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष नवराज सुवेदी, रेडियो नेपालकी प्रतिनिधि चन्दा विष्ट,सम्मानित पत्रकार सीता दर्नाल, महिला सीप विकास संस्थाका प्रबन्ध निर्देशक रामकली खड्का लगायतले आ– आफ्ना भनाई राखेका थिए ।संघका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका उपाध्यक्ष कृष्णबहादुर रानाभाटले स्वागत तथा कार्यक्रमको संचालन संघकी केन्द्रीय उपाध्यक्ष शान्ति राणाले गरेकी थिइन ।

Previous articleतेश्रो पटक मन्त्रिपरिषद् विस्तार, कास्कीका दुई जना मन्त्री
Next articleबृहत सफाइ अभियानलाई प्रदेश सरकारका वातावरण मन्त्रीको साथ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here