पोखरा – पोखरामा जारी बृहत सफाइ अभियानलाई प्रदेश सरकारका वातावरण मन्त्रीले साथ दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले यस क्षेत्रकै सांस्कृतिक धरोहर गाईघाटमा शनिबार आयोजित ९४ औं हप्ताको सरसफाइ कार्यक्रममा उपस्थित भई त्यहाँ थुप्रिएको फोहरमैला उठाएर ऐक्यबद्धता जनाए ।

नागरिकस्तरबाट संचालित यस्ता अभियानबाट वातावरण संरक्षणमा ठूलो योगदान पुगेको भन्दै यसको निरन्तरताका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकारका तर्फबाट पहल गर्न तयार रहेको बताए ।

कार्यक्रममा सेती नदी किनारस्थित गाईघाटको उचित व्यवस्थापन, नियमित सरसफाइ एवं पवित्रता कायम राख्नेछु भन्ने प्रतिबद्धता पत्रमा वडा कार्यालय १ का अध्यक्ष शारदाकुमारी पराजुलीले हस्ताक्षर समेत गरेकी थिइन् ।

यसअघि फिर्के–बुलौंदी खोला सफाइ अभियानको शुभारम्भदेखि हालसम्म निरन्तर रुपमा सहभागी भई अभियानको गरिमा बढाएकोमा सिद्धिबक्स गण फूलबारी, सशस्त्र प्रहरी गण पार्दी, सशस्त्र प्रहरी बल कालिकागण, मुक्तिनाथ विकास बैंक, गोर्खाली रेडियो र महिलाले नेतृत्व गरेको ड्यामसाइड टोल विकास संस्थालाई वातावरणमन्त्रीले प्रशंसापत्र प्रदान गरेका थिए ।

अभियानका लागि वन तथा वातावरण मन्त्रालयका तर्फबाट २० थान डोको र ५ प्याकेट डिस्पोजल ग्लोब, मुक्तिनाथ विकास बैंकबाट २० थान डोको, वडा १ को फोहोरमैला व्यवस्थापन प्रालिबाट ५ प्याकेट डिस्पोजल ग्लोब तथा सामाजिक अभियन्ता अञ्जु केसीबाट १० प्याकेट मास्क सहयोग प्राप्त भएको थियो ।

यसपालिको अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, ड्यामसाइड टोल विकास संस्था, अभियान क्लब महिला उपसमिति, माछापुच्छे« महिला क्लब, सिद्धार्थ आमा समूह, मितेरी नारी समूह, मनकामना महिला सहकारी संस्था, विभिन्न क्षेत्रका सामाजिक अभियन्ता, भानुभक्त आवासीय विभिन्न क्षेत्रका सामाजिक अभियन्ता, भानुभक्त आवासीय मावि, स्पाइरल ग्यालेक्सी, केफ एजुकेसन फाउण्डेसन लगायत स्थानीय वडाबासी र संघसंस्थाको ऐक्यबद्धता रहेको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

Previous articleपत्रकारिता स्वतन्त्र हुनुपर्नेमा न्यायाधीस कुमार चुडालको जोड
Next articleमन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here