काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिएलगत्तै कार्यदलमार्फत संविधान संशोधनको अजेन्डामा प्रवेश गर्ने योजना बनाएको छ ।

तराइ मधेस केन्द्रित दल संघीय समाजवादी फोरम नेपालसँगको छलफलमा मन्त्रिमण्डलको पूर्णतापछि मात्रै संविधान संशोधनको विषयमा प्रवेश गर्ने सहमति भएको हो ।

सहमतिलगत्तै संघीय समाजवादी फोरम ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णयमा पुगेको छ ।

उसले पाउने मन्त्रालय भने टुंग्याउन बाँकी छ । आजको नागरिक दैनिकमा खबर छ ।

यसैबीच, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सो पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।

Previous articleपार्टी कसैको घरजस्तो गरी चलाउन थालिएको भन्दै खनाल आक्रोशित
Next articleप्रधानन्यायाधीश पराजुलीको शैलीप्रति सर्वोच्चका अन्य न्यायाधीशहरूनै असन्तुष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here