काठमाण्डौ – प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको कार्यसम्पादन र शैलीप्रति सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले असन्तुष्टि जनाएका छन् ।

आफ्नो योग्यता र जन्ममितिसम्बन्धी विवादबाट जोगिन पराजुलीले अदालतको प्रतिष्ठालाई दाउमा राखेको भन्दै उनीहरूले असन्तुष्टि जाहेर गरेका हुन् ।

यस्तो प्रवृत्ति नसच्चिएमा आफूहरू औपचारिक रूपमै मुख खोल्न बाध्य हुने उनीहरूको भनाइ छ ।

‘एउटा मान्छेको व्यक्तिगत समस्याका कारण सिंगो न्यायालय बदनाममात्रै होइन, ध्वस्त हुने अवस्थामा पुगेको छ, अब यो अवस्था धेरै दिन चल्नु हुँदैन,’ असन्तुष्टमध्येका एक न्यायाधीशले कान्तिपुरसित भने, ‘उहाँ जति छिटो न्यायसम्पादनबाट अलग हुन सक्नुभयो, अदालतको मर्यादा त्यति छिटो जोगिनेछ ।’

प्रधानन्यायाधीश भनेको न्यायाधीशहरूमध्येको अगुवामात्रै भए पनि पराजुलीले सिंगै अदालत आफूखुसी चलाएको, न्यायका मूल्यमान्यता बिर्सेर चल्ने गरेको र त्यसको विरोध हुँदा प्रतिशोधपूर्ण निर्णय लिने गरेको भन्दै पराजुलीप्रति सर्वाेच्चका न्यायाधीशहरू असन्तुष्ट भएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Previous articleमन्त्रिमण्डललाई पूर्णता दिएलगत्तै संविधान संशोधनको अजेन्डामा प्रवेश गर्ने
Next articleसभामुखको उम्मेदवार छनोट गर्न माओवादी केन्द्रमा सकस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here