काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीको कुरा सुनेर आक्रोशित बनेका झलनाथ खनालले पार्टीमा छलफल नै नगरी त्यत्रो समझदारी कसरी भयो र अहिलेसम्म किन जानकारी भएन भन्ने प्रश्न गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

उनले इतिहासदेखि नै पार्टी पद्धतिका आधारमा चल्दै आए पनि अहिले कसैको घरजस्तो गरी चलाउन थालिएको आरोप लगाएका थिए ।

‘पार्टी महासचिव र अध्यक्षका रूपमा मैले पनि पार्टी हाँकेको छु, अरू नेताले पनि पद्धतिका आधारमा पार्टी चलाएका थिए, तर तपार्इंले सबै पद्धति मिच्नुभएको छ, कुनै नेताको राय पनि लिनुनपर्ने यो पार्टी के तपाईंको घर हो ?’ उनको प्रश्न थियो । खनालले आफू राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको र यो विषयमा पार्टीको आधिकारिक निकायमा छलफल हुनुपर्ने प्रस्ताव पनि राखेका थिए । खनालको आक्रोश ओलीले खासै प्रतिक्रिया दिएनन्, बरु संसद् बैठकका लागि सबै नेता बानेश्वरतर्फ लागे ।

वर्तमान राष्ट्रपतिलाई दोहोर्‍यानुपर्ने पक्षमा प्रधानमन्त्री ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्बीसुब्बा गुरुङ, सुवास नेम्बाङ, शंकर पोखरेल किरण गुरुङ, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपानेले धारणा राखे । त्यस्तै, खनालको पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे बोलेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावलले पार्टी सञ्चालन पद्धति र शैलीका विषयमा ओलीको आलोचना गरे पनि राष्ट्रपति उम्मेदवारको विषयमा कुनै तर्क राखेनन् ।

Previous articleराष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्तिले लोकतन्त्रमाथि खतरा : देउवा
Next articleमन्त्रिमण्डललाई पूर्णता दिएलगत्तै संविधान संशोधनको अजेन्डामा प्रवेश गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here