०४  डिसेम्बर २०१७, स्विट्जरल्याण्ड। यही ३ डिसेम्बर २०१७ आईतबारका दिन नेपाली चलचित्र “छक्का पन्जा दुई” स्विट्जरल्याण्डको सुरमा प्रदर्शन गरिएको छ।

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र “छक्का पन्जा दुई” हेर्न स्विट्जरल्याण्डको बिभिन्न शहरहरु बाट नेपाली र बिदेशी दर्शकहरुको बाक्लो उपस्थिति थियो। चलचित्रले बैदेशिक रोजगारीका विषय र अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाइ हास्य व्यंग्य शैलीमा उठान गरेको छ। हांस्यकलाकारले भरिभराउ “छक्का पन्जा दुई” चलचित्र हेरुन्जेल दर्शकहरुले निकै मनोरञ्जन गरेको देखिन्थ्यो।

केहि बर्ष देखि आराउ निवासी निराजन श्रेष्ठको पहलमा नेपली चलचित्रहरु स्विट्जल्याण्डमा प्रदर्शन हुदै आईरहेका छन्। नेपाली चलचित्रका दर्शकहरु लाई मध्यनजर गर्दै र नेपाली चलचित्रको बिदेशमा पनि लोक प्रियता बढाउने हेतुले स्विट्जरल्याण्डमा नेपाली चलचित्र प्रदर्शन शुरु गरेको श्रेष्ठले बताए।

चट्पट् तरिकाको स्वादिष्ठ खाजा र सफ्ट ड्रिंक्सको व्यवस्थापन रहेको उक्त कार्यक्रम निराजन श्रेष्ठ, शुक्र श्रेष्ठ, बिदुर संग्रौला र प्रेम भारतीहरुले आयोजना गरेका थिए।

चलचित्र प्रदर्शनीबाट उठेको रकमबाट लागेको खर्च कटौति गरी बचत रकम श्रेष्ठको समूहले नेपालको विभिन्न दुर्गम स्थानमा सहयोग गर्दै आएका छन्।

Previous article“समाजसेवा मेरो जीवनको सार हो” – महिला फोरम संयोजक शुभ एल्मर लामा
Next articleस्विट्जरल्याण्डमा ल्होसार मनाईयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here