२८ नोभेम्बर २०१७, स्विट्जरल्याण्ड। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्ड महिला फोरमको २०१५-२०१७ कार्यकालमा संयोजक भएर आफ्नो कार्यलाई सफलतापूर्वक सम्पन्न गरिसकेकी मात्र होइन सोही कार्यकालको उनको काम र समाजसेवा प्रतिको अनवरत सक्रियताका कारण नै एनसिसी स्विट्जरल्याण्डले पुनः उनलाई सन् २०१७-२०१९ कार्यकालका लागि संयोजक पदमा चयन गरेको छ । विगत ४१ वर्षदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी शुभ एल्मर लामा समाजसेवा प्रतिको आफ्नो रुचिका कारण सन् १९८० देखि नै स्थानीय रुपमा सामाजिक सेवामा आफूलाई निरन्तर सक्रिय राख्दै आईरहेकी छिन् । समाजसेवा मार्फत स्थानीय स्वीस महिला तथा वृद्ध वृद्धाहरुको सेवामा समर्पित मात्र होइन स्वीस नागरिकहरुलाई नेपाली भाषा पढाएर समेत नेपालीको शीर उच्च राख्न सक्रिय उनी विगत ६ वर्षदेखि टोनी हेगन फाउन्डेसनको बोर्ड मेम्बर रहेर नेपाल र नेपालीको सेवामा समर्पित छिन् । पछिल्लो समय स्वीस नेपाली समाजमा सामाजिक अभियन्ताका रुपमा समेत आफ्नो परिचय स्थापित गर्न सफल बनेकी उनी नेपालमा रहेका असहाय एवं दीन दुःखीको सेवा गर्न पाउँदा आफूलाई भाग्मानी ठान्छिन् । त्यतिमात्र होइन नेपालमा गएको बिनासकारी भूकम्पका बेला होस् या भूकम्पपछिको एनआरएनएको १००० घर निर्माण अभियानमा होस् उनी निकै नै सक्रिय रहिन् । स्वीस नेपाली भूकम्पन पीडित पुनःनिर्माण अभियान मार्फत आफू बस्ने कान्टोन ग्लारुस (जुन स्वीट्जरल्याण्ड कै सानो कान्टोन मानिन्छ) बाट उल्लेख्य मात्रामा सहयोग रकम संकलन गर्न सफल उनले यसै वर्ष नेपालमा बाढी पहिरो तथा डुबानका कारण भएको बिनासबाट पीडितहरुको सहयोगमा समेत आफूलाई अग्रसर गराईन । संसारको जुनसुकै कुनामा रहे पनि नेपाल र नेपाली भनेपछि मरिमेटेर लागिपर्ने एनआरएनए स्वीट्जरल्याण्ड महिला फोरमकी संयोजक लामासँग यिनै विषयहरुको सेरोफेरोमा रहेर दामोदर नेपालले गर्नु भएको छोटो कुराकानी यहाँहरु समक्ष प्रस्तुत गरेका छौं।

Previous articleराखीको “नाम विना………….“ म्युजिक भिडियो सार्वजनिक
Next articleस्विट्जरल्याण्डको सुरमा “छक्का पन्जा दुई” प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here