०७ जनवरी २०१८, स्विट्जरल्याण्ड। नेपाली गीत संगीतले प्रवासमा नेपाली समुदायको मात्र हैन बिदेशीहरुको समेत मन जितेको छ। स्विट्जरल्याण्डमा ल्होसार बिशेष कार्यक्रम हुँदा ज्यादा कम्मर मर्काउनेहरु स्विस नागरिकहरु नै भेटिए। सुर्के थैली, मोहनी लाग्ला है, पानि पर्यो असिना झर्यो बोलका गीतहरुमा नृत्य गर्दै  रमाएका उनीहरुको मन नेपाली संगीतले तानेको हो। त्यसो त स्विट्जरल्याण्डमा हुने बिभिन्न कार्यक्रमहरुमा स्विस नागरिकहरुको उल्लेख सहभागिता हुँदै आएको छ।

भाषा,संस्कृति,रितिरिवाजको संरक्षणका लागि भन्दै स्विट्जरल्याण्डमा बसोबास गर्ने गुरुङ र तामाङ समुदायले संयुक्त रुपमा ६ तारिख शनिबार बेर्नमा ल्होसार बिशेष कार्यक्रमको आयोजना गरेका हुन्। कार्यक्रममा कलाकार द्वय कृष्ण बहादुर वाईवा र ईन्दिरा गोलेहरूले आ-आफ्नो नेपाली लोक भाकाका गीत र तामाङ सेलोको बेजोड प्रस्तुति समेत राखे।

कार्यक्रममा स्विट्जरल्याण्डका लागि नेपालका राजदूत दीपक धिताल,तमु समाज स्विट्जरल्याण्डका संयोजक ईश्वर गुरुङ, गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष भूमीराज गुरुङ, तामाङ समाजका संयोजक शुभा ऐल्मर लामा लगायतले  शुभाकामना ब्यक्त गरेका थिए।

Previous articleस्विट्जरल्याण्डको सुरमा “छक्का पन्जा दुई” प्रदर्शन
Next articleप्रवासी नेपाली मञ्च यूकेको १३ औं स्थापाना दिवस सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here