वाईवि तमू, २६ नोभेम्वर २०१७। शसक्त, उर्जाशील, शृजनशील गीतकार तथा साहित्यकार राखी गौचनको जिवन्त सब्द रचना रहेको “नाम विना……..“को आधुनिक गीतको म्युजिक भिडियो पहिलो पटक युट्युबमा सार्वजनिक भएको छ ।
“नाम विना कति नाता सागर भन्दा गहिरो हुन्छ
बुझ्नेले पो बुझ्छ कुरा नबुझ्नेलाई पहिरो हुन्छ …….।

युवा गायक सुरज कुमार थापाको सुमधुर स्वर तथा नारायण सुवेदी आभाषको जादुमय संगीत रहेको उक्त म्युजिक भिडियोमा चर्चित मोडेल रीमा विश्वकर्मा तथा पुष्प खड्काले अभिनय गरेका छन् ।

को हुन राखी गौचन ?
नेपालमा बिगत १ दशक भन्दा बढी समय नेपाली गीत संगीत तथा साहित्य क्षेत्रमा रहेर काम गरि सकेकी एक उदयीमान,जोशिली र निडर, प्रस्ट बिचार राख्न सक्ने एक शशक्त सर्जक तर मिडियामा भने धेरै कम देखिने पात्र हुन राखी ।

हाल अमेरिकाको क्यालिफोर्नियामा वस्दै आएकी गौचनको रुची गीत लेखनका साथै कविता लेखनमा आफुलाई अन्य साहित्यकार संग टक्कर लिने एक शृजनशील साहित्यकार हुन भने सानै देखि स्कुल पढ्दा देखिनै गीत,कविता लेख्न रुची राख्ने राखी स्कूलमा सधै पहिलो हुने गर्थिन । नाच्ने,गीत गाउने भने पछि हुरुक्कै हुने उनको वानीले गीत लेखनमा आफुलाई निरन्तरता दिदै आएको बताउनुहुन्छ ।

नेपाली भाषा तथा साहित्यलाई परिमार्जित गर्नु आबश्यक छ भन्दै नेपाली नारीहरुलाई पुरुषहरुले हेर्ने र गर्ने व्यवहार अमेरिका ,युरोप जस्तो बिकसित र सम्पन्न देसमा बसेता पनि त्यो देस र काल अनुसार नेपाली पुरुषहरु परिवर्तन  हुन नसकेको प्रति दुख लागेको बताउनुहुन्छ ।

नेपाली नारीहरु पनि सशक्त भैसकेका  छन्  तर पुरुष प्रधान देस भनेर अझै पनि नारीहरुलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा परिवर्तन गर्नु पर्नेमा जोड दिनु पर्ने वताउनुहुन्छ ।

राखी गौचनको दर्जन भन्दा बढि गीति एल्वमहरु सार्वर्जिनक भईसकेका छन । यो भन्दा केहि महिना अगाडी “म पनि त् मान्छे नै हु…….“ भन्ने गीतको म्युजिक भिडियो पनि सार्वर्जिनक भएको छ जसमा वनिका प्रधानले स्वर दिएकी छन ।

निकट भविष्यमा सार्वजनीक हुन लागेको दुई गीती एल्वमको तयारी पुरा भएको र उक्त एल्वमको म्यूजिक भिडीयोका साथै एक कविता सँग्रह पनि प्रकाशीत गर्ने तयारीमा रहेकी राखी गौचनको उज्वल भविष्यको कामना गर्दछौँ ।

Previous articleस्विट्जरल्याण्डको बेर्नमा ल्होसार कार्यक्रम हुने

Next article“समाजसेवा मेरो जीवनको सार हो” – महिला फोरम संयोजक शुभ एल्मर लामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here