२६ नोभेम्बर २०१७, स्विट्जरल्याण्ड। तमू समाज स्विट्जरल्याण्ड र तामाङ समुदाय स्विट्जरल्याण्डको सहकार्यमा ०६ जनवरी २०१८ शनिबारको दिन बेर्नमा ल्होसार कार्यक्रम आयोजना गर्ने भएको छ। ल्होसार कार्यक्रमको लागि नेपालबाट कलाकारद्वय कृष्ण बहादुर वाईबा र ईन्दिरा गोले आउने निश्चित भएको तमू समाज स्विट्जरल्याण्डका संयोजक ईश्वर गुरुङले जानकारी दिएको हो।

उक्त ल्होसार कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारीदिनु हुन सम्पूर्ण स्विट्जरल्याण्डवासी नेपाली जन समुदायहरुमा तमू समाज स्विट्जरल्याण्ड र तामाङ समुदायले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम बारे बिस्तृत जनकारी छिटटै अर्को सुचना प्रकाशित गरिने गुरुङले जानकारी गराए।

Previous articleपाख्रिनको निधन प्रति नेपाली जनप्रगतिशिल मंच, यूरोपको शोक बक्तब्य
Next articleराखीको “नाम विना………….“ म्युजिक भिडियो सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here