२३ अगष्ट २०१७, स्विट्जरल्याण्ड। जुरीख नेपाली स्पोर्ट क्लबको आयोजनामा यहि आउदो २७ तारीख आईतबारको दिन एप्टिङगेनमा प्रथम रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ।

केहि बर्ष देखि फुटबल प्रतियोगिता गर्दै आइरहेको जुरीख नेपाली स्पोर्ट क्लबले यस बर्ष देखि रनिङ शिल्ड भलिबल प्रतियोगिता र टेबल टेनिस प्रतियोगिता आयोजना गर्न लागेको हो।

२६ तारीख शनिबार बेलुका खुल्ला आकाश मुनि चलचित्र देखाईने सोहि स्थानमा भोलिपल्ट २७ तारीख आईतबार बिहानको १०:०० बजे देखि भलिबल प्रतियोगिता सुरु गरिने जानकारी क्लबका अध्यक्ष देव राईले जानकारी गराए।

जानकारी अनुसार बिहानको १० बजेबाट सुरुहुने भलिबल प्रतियोगिताका बिजेता टिमका खेलाडिहरु लाइ शिल्ड, मेडल र प्रमाण-पत्र बितरण गरिने छ।

भलिबल प्रतियोगिता हुने स्थान:

Skylla 153

4458 Eptingen

मिति:    २७ अगष्ट २०१७ आईतबार

समय:   १०:०० बजे

सम्पर्क: 0764546762, 0762812853, 0788152575, 0769044555

Previous articleनेपाली जनप्रगतिशिल मंच स्विटजरल्याण्ड द्वारा बाढी पिडितलाई राहत प्रदान
Next articleजर्मनीका राजदूतलाई प्रश्न:- युरोपमा बढ्दो मानवतस्करीलाई कसरी रोक्ने ? (अन्तरबार्ता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here