युबराज फुयाल, स्विट्जरल्याण्ड। हालसालै नेपाल को पुर्बी र मध्ये तराइमा आएको भिषण बर्षा र त्यसले निम्त्याएको बाढी पहिरो र डुबान मा परि हजारौ घर परिबार प्रभावित भएका छन् भने सयौ को सख्यामा मृत्यु हुनुको साथै अरबौ को नोक्सान भएको छ। यस्तो प्राकृतिक बिपत्ति मा परेका पिडितहरुको घाउमा मलम लगाउने आपतकालिन सानो प्रयास नेपाली जनप्रगतिशिल मंच स्विस ले गरेको छ।

प्रबास मा रहेर पनि नेपालको तराइ क्षेत्र मा परेको पीडालाई थोरै भए पनि कम गर्ने हेतुले तत्काल राहत पुर्याउनु उपयुक्त ठानेर उक्त मंच ले मंचका सदस्य हरुबाट ५०० स्विस फ्रान्क र पत्रकार लक्ष्मण देबकोटा बाट र धर्म अधिकारी बाट ५०/५० स्विस फ्रान्क गरेर जम्मा ६०० स्विस फ्रान्क (करिब ६१७०० नेपालि रुपैया) नेपाल पठायको उक्त मंच ले जनाएको छ। उक्त रकम तराइमा बाढी आएदेखिनै राहत तथा उद्दार मा खटिएका उपरास्ट्रपती पुत्र तथा युबा नेता दिपेश पुन मार्फत आज सुनसरीको इटहरी स्थित बाढी पिडित बस्तीमा प्रदान गरिएको छ। राहत वितरण मा प्रत्यक्ष खटिएका दिपेश पुनका अनुसार नेपालि जनप्रगतिशिल मंच स्विस को करिब ६१७०० र पर्यटन ब्यबशायी राम नेपालले प्रदान गर्नु भएको ५०००० मिलाएर संयुक्त रुपमा बाढी पिडित क्षेत्र मा वितरण गरिएको छ।

बाढी ले डुबान मा परेपछि र उक्त स्थानका घर तथा चर्पिहरु भत्किएको हुदा सुरक्षित दिशा पिसाब नहुदा महामारी फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त स्थान मा अस्थाई चर्पी बनाउन को लागि निर्माण सामाग्री खरिद गरि स्थानिय अखिल नेपालि स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी तथा दिपेश पुन स्वयमले श्रमदान गरि चर्पी निर्माण पनि गरिएको छ।
स्मरण रहोस नेपालि जनप्रगतिशिल मंच स्विस ले येस्ता बिपद्का बेलामा सधै अग्रणी स्थान मा रही आपतकालिन र तत्काल राहत सहयोग गर्दै आएको छ।

Previous articleमहासंघलाई सबैको साझा बनाउँछौं : नवनिर्वाचित अध्यक्ष आचार्य
Next articleप्रथम रनिङ शिल्ड भलिबल प्रतियोगिता २७ तारीख आईतबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here