३ भाद्र, काठमाडौं ।
आइतबारदेखि शुरु हुने पत्रकार महासंघको २५ औँ महाधिबेशनका अध्यक्षका प्रत्यासीहरुहरुले एक अर्काको कमजोरी औल्याउँदै आ–आफ्नो जीतको दाबी गरेका छन ।


रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासी उजीर मगरले अर्का प्रत्यासी गोविन्द आचार्यलाई ब्यवसायिक पत्रकार नभएको र तीर्थ कोईरालालाई प्रौढ भन्दै आफू बास्तवमा व्यवसायिक पत्रकार भएको दावी गरे ।
अर्का प्रत्यासी गोविन्द आचार्यले कोइरालालाई जिल्लाको अध्यक्ष समेत हुन नसकेको अनुभवविहीन ब्यक्तित्वको संज्ञा दिए भने अध्यक्षका अर्का प्रत्यासी मगरलाई नेतृत्व गर्ने समय नभएको टिप्पणी गरे । उनले आफू र आफ्नो टिम विगतमा महासंघमा काम गरिसकेको अनुभवी भएकोले सो टिमले जिते मात्रै पत्रकारको हित हुने दावी गरे ।
त्यस्तै कार्यक्रममा प्रेस चौतारी तर्फका अध्यक्षका उम्मेद्धार तीर्थ कोइरालाले पत्रकारहरुका हकहित र स्वतन्त्रताका लागि आफ्नो उम्मेद्धारी रहेको बताए ।
उनले राजनीति कार्यकर्ता पत्रकार महासंघको नेतृत्वमा आउन नहुने भन्दै आफ्नो एजेण्डालाई चौतारीले स्विकार गरेकोले आफू चौतारीको तर्फबाट उम्मेदवार बनेको बताए ।
श्रमजिवी पत्रकार, पेशागत संगठन र लगानीकर्ताको हितको लागि आफ्नो कार्यकालले महत्वपूर्ण काम गरेर देखाउने बताउँदै कोइरालाले भने,‘यदि मेरो समुहले जितेको खण्डमा धेरै काम गर्नेछ, एक दल र अर्को दलका बीचमा बोलचाल बन्द भएको बेला उचित परामर्श दिनसक्ने महासंघ हुनुपर्छ, पत्रकारितामा राजनीति बुझेको हुनुपर्छ, नबुझेकालाई सिउनुपर्छ ।’
त्यस्तै प्रेस यूनियन र प्रेस सेन्टरका संयूक्त प्यानल अध्यक्षका उम्मेदवार गोविन्द आचार्यले आफुले जितेको खण्डमा श्रमजिवी पत्रकार ऐनलाई अनुकुल ऐन बनाउनेमा जोड दिए ।
उनले भने,‘नेपालको सबैभन्दा ठुलो पत्रकार संगठन प्रेस यूनियनले मलाई अघि सारेको छ, म विजयी भएको दिनदेखि सबै पत्रकारको हातमा नियुक्ति पत्र हुनेछ, न्यूनतम पारिश्रमीक, जीवन बिमा, प्रेस स्वतन्त्रा र पत्रकारीतामा लागेका पत्रकारको दक्षता बृद्धिको लागि महत्वपूर्ण काम गर्नेछु, मलाई साझा उम्मेद्धारको रुपमा स्विकार गर्नुभएकोमा धन्यवाद छ ।’
उनल अघि थपे,‘प्रेस यूनियन र प्रेस सेन्टरले विश्वास गरे अनुरुप काम गर्न सकिँन भने म तत्काल पद छोडेर मार्गप्रशस्त गर्नेछु ।’
उनले आफू महासंघको कार्यको विषयमा अनुभवी भएको भन्दै कोइरालालाई अनुभवविहीन र अर्का अध्यक्षका प्रत्यासरी मगरको समय भई नसकेको दाबी गरे ।
त्यस्तै स्वतन्त्र तर्फका उम्मेद्धार उजिरसिंह मगरले २५ बर्षदेखि आफूले पूर्ण स्वतन्त्र र निष्पक्ष पत्रकारिता गरेको बताउँदै अबको कार्यकालको नेतृत्व आफुले लिने दाबी गरेका छन्।
महासंघका महासचिव समेत रहेका मगरले राज्यको पैसा लिने र मिडिया चलाउनेहरुले स्वतन्त्रता र पत्रकारको हितको निम्ति काम गर्छु भन्न लाज मान्नुपर्ने बताए ।
मगरले अघि थपे,‘मञ्चमा बसेका साथीहरुले पत्रकारीता र यस महासंघको हितको बारेमा के गर्नुपर्छ भन्नेबारे उहाँहरुसँग ज्ञान छैन, पत्रकारितालाई एउटा राजनीतिक संगठनको आँखाले हेरिरहुनुभएको छ, यस्तो अवस्थामा मैले कुन अपेक्षा गरु? मञ्चमा बसेका अध्यक्षका उम्मेद्धार तिर्थ दाईले मलाई केही थाहा छैन् भन्नुहुन्छ, अर्कोतर्फ गोविन्दजीले केही नबुझेर सब बुझेको छु भन्नुहुन्छ, यो महांसंघको लागि उहाँहरु कोही नउफ्रे हुन्छ ।
आफूहरुले ६ वर्षको कार्यकालमा धेरै काम गरेको उदाहरण पेश गर्दै मगरले थपे,‘ पत्रकार साथीहरु एकदम योग्य छन्, कुन पत्रकारले के गरिरहेका छन् सबै थाहा छ, त्यसैले ६ गते उजिर अध्यक्ष बन्छ लेखेर राख्नुस् ।’
त्यस्तै प्रेस युनियन र प्रेस सेन्टर तर्फका उपाध्यक्षका उम्मेद्धार विपुल पोखरेलले पत्रकार महासंघ नभएको खण्डमा पनि पत्रकारिता चल्ने दाबी गरेका छन् ।
उनले भने,‘पत्रकार महासंघ कुम्भकर्ण झंै निदाएको छ, आफ्ना कार्यकालमा कुनैपनि प्रभावकारी रुपमा काम गर्न सकेन आगामी नेतृत्व फरक हुनुपर्नेछ, त्यसको लागि हामीले लामो समयसम्म पत्रकारिता गरेका र जनयूद्धको बेलामा पनि रिपोर्टिङ गरेका पत्रकार गोविन्दजीलाई अध्यक्षमा उठाएका छाँै, आशा छ हाम्रो टिमलाई विजयी बनाउनु हुनेछ ।’
कार्यक्रममा समावेशी तर्फका उपाध्यक्ष दिलिप थापामगरले हिमाल, पहाड र तराईको स्टाटसमा रहेका पत्रकारको हकहित र अधिकारको लागि आफुले निरन्तर प्रयास गर्ने बताएका छन् ।
उनले भने,‘व्यवसायिक पत्रकारिता मर्न दिने छैन, म सँधै पत्रकारहरुको हकहित र अधिकारको लागि लड्दै आएको छु, आशा छ यो महाधिवेशनमा यहाँहरुलाई मलाई अमुल्य मत दिएर विजयी बनाउनुहुनेछ ।’
महासचिवका उम्मेद्धार रमेश बिष्टले लोकतान्त्रिक मुलुकमा पत्रकारहरुको हितका निम्ति उचित वातावरण सिर्जना गर्नको लागि आफ्नो उम्मेद्वारी रहेको बताए ।
त्यस्तै प्रेस यूनियन र प्रेस सेन्टरतर्फका सचिवका उम्मेद्धरा रामप्रसाद दाहालले श्रमिक र मालिकबीचको सम्बन्धलाई सुमुधुर बनाउनको लागि आफूले अथक प्रयास गर्ने विश्वास दिलाए ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले विगतका दुई कार्यकाल प्रेस चौतारी र प्रेस सेन्टरले चलाएर पत्रकार महासंघलाई अखिलको कार्यालय बनाएको आरोप लगाए ।
उनले भने,‘हामीले सबैको साझा उम्मेद्धारको रुपमा गोविन्दजीलाई स्वीकार गरौ भन्यौं मान्नु भएन, तैपनि हाम्रो एकता कुनै आश्वस्त प्रतिष्पर्धा होईन, हामीले श्रमजीवी पत्रकारको हितका निम्ति काम गर्नको लागि उहाँलाई योग्य देखेका छौँ, यसै आशा अनुसार काम गर्नुहुनेछ ।’
त्यस्तै कार्यक्रममा प्रेस चौतारीका उपाध्यक्ष विश्वमणी सुवेदीले प्रेस चौतारीको तर्फबाट तीर्थ कोराईरालाई उम्मेद्धार बनाएर झट्का दिने बताएका छन् ।
उनले भने,‘श्रमजिवि पत्रकारको हितका निम्ति हामीले ठूलो आन्दोलन गरेका छाँै, अबको कार्यकालको लागि हामीले बरिष्ठ पत्रकार तीर्थ कोईरालालाई उभ्याएका छौ, जुन अरुका लागि झट्का पनि हो, अर्कोतर्फ न्युनतम पारिश्रमिक १९ हजार ५ सयले पुग्दैन, अबका पत्रकारहरुको जीवन यतिले चल्दैन, त्यसलाई बढाउनुपर्छ ।’
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आगामी २५औं महाधिवेशनमा पत्रकारहरुवीच स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताउँदै महासंघले स्वच्छ, व्यवसायिक र निर्भिक नेतृत्व पाउने विश्वास दिलाए ।
महासंघको अब आउने नयाँ नेतृत्वले व्यवसायिक पत्रकारिता, प्रेस स्वतन्त्रता र पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको पूर्ण प्रत्याभुति गर्नुपर्ने धमलाले बताए ।
उनले भने,‘समग्र पत्रकारिता क्षेत्रलाई उचाईमा पुर्याउँन सक्ने व्यक्ति अबको नेतृत्वमा आउनुपर्छ, जस्तोसुकै कठोर परिस्थितिमा पनि विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि लड्न सक्नुपर्छ, अडिग हुन सक्ने नेतृत्व आउनुपर्छ ।’

Previous articleस्पेनको बार्सिलोनामा आतंकवादी हमला, अहिलेसम्म १३ को मृत्यु
Next articleतराईमा वर्षेनी हुने डुबान समस्यालाई प्रबल रुपमा उठाउन प्रधानमन्त्री देउवालाई पूर्व प्रधानमन्त्रीहरुको सुझाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here