स्पेनको बार्सिलोना शहरको राम्लास्थित एक रेष्टूराँमा भ्यान ठोक्काएर गरिएको आतंकवादी हमलामा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
बार्सिलोनाको अत्यन्तै व्यस्त पर्यटकीय क्षेत्र राम्लामा भएको उक्त हमलामा परी पर्यटक तथा सर्वसाधारण गरी अन्य ३२ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । हमलाकारीले चलाएको एक भ्यान अत्यन्त व्यस्त पर्यटकीय क्षेत्रको एक रेष्टूराँमा लगेर ठोक्काएका थिए । बार्सिलोनामा रहेका नेपाली नेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटसँगको टेलिफोन कुराकानी अनुसार उक्त घटनामा नेपालीहरु परेको खबर अहिलेसम्म प्राप्त नभएको उनले बताएका छन् । साथै उनले घटनास्थललाई प्रहरीले सिल गरेको हुँदा त्यहाँसम्म जान नपाइएकोले पनि घटनाका बारेमा बिस्तृत विवरण दिन नसकेको बताए । त्यसैगरी उनले उक्त घटनाका प्रत्यक्षदर्शीसँग सम्पर्कमा रहने कोशिश गरिरेहको र सम्पर्क हुनासाथ घटनाको बिस्तृत विवरण दिने समेत बताए ।
त्यसैगरी बार्सिलोनामा रहेका दिपक क्षेत्रीका अनुसार अहिलेसम्म प्राप्त जानकारी अनुसार सबै नेपाली सुरक्षित रहेका छन् र घटनास्थल आसपासका क्षेत्रमा काम गर्ने प्रायः सबै नेपालीहरुसँग टेलिफोन सम्पर्क भईसकेको पनि क्षेत्रीले बताएका छन् ।
स्मरण रहोस्, उक्त राम्ला क्षेत्र बार्सिलोनाको प्रमुख पर्यटकीय क्षेत्र तथा व्यापारिक केन्द्र पनि भएको हुनाले उक्त क्षेत्रमा किनमेल गर्न जानेहरुको पनि निक्कै चाप रहेको बताइएको छ । त्यसैगरी नेपालीहरुको बाक्लो उपस्थिति रहने उक्त क्षेत्र दशैंमा नेपाल जान चाहने नेपालीहरुको लागि किनमेल गर्ने प्रमुख बजार पनि हो । त्यसैले उक्त घटनामा के कति हताहती भयो र नेपालीहरुको अवस्था के छ भन्ने विषयमा अहिल्यै ठोकुवाका साथ भन्न नसकिने रानाभाट बताउँछन् ।

भिडियोः रामु चालिसे

Previous articleक्याम्पिंग सहित खुल्ला आकाश मुनि नेपाली चलचित्र “धनपति” देखाइने। उठेको सम्पूर्ण रकम नेपालको दुर्गम क्षेत्रको बिद्यालयलाई सहयोग
Next articleपत्रकार महासंघ अध्यक्षका प्रत्यासीहरुद्वारा आ आफ्नै दावी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here