प्रधानमन्त्री शेरबहादुर देउवाका आसन्न भारत भ्रमणका क्रममा तराईमा वर्षेनी हुने डुबान समस्यालाई जोडदारका रुपमा उठान गर्न पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिएका छन् ।
आफ्नो भारत भ्रमणको पूर्व सन्ध्यामा सुझाव संकलनका लागि प्रम देउवाद्वारा शनिबार डाकिएको पूर्व प्रधानमन्त्रीहरुसँगको छलफल कार्यक्रममा उपस्थित पूर्व प्रमहरुले उक्त सल्लाह दिएका हुन् ।
बालुवाटारमा सम्पन्न उक्त छलफल कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, लोकेन्द्र बहादुर चन्द, खिलराज रेग्मी लगायतको उपस्थिति रहेको थियो भने पूर्व प्रधानमन्त्री के.पी. ओली र डा. बाबुराम भट्टराई भने अनुपस्थित रहेका थिए ।
हालसालै मात्र नेपालको तराई क्षेत्रमा भएको डुबानले ठूलो मानवीय र भौतिक क्षति भएको औंल्याउँदै पूर्व प्रमहरुले त्यसको प्रमुख कारण भनेको भारतले नेपालको दक्षिणी सीमानामा बनाएका ठूला संरचनाहरु नै हुन् भन्दै उनीहरुले हाम्रो देशको सीमा क्षेत्रमा भारतद्वारा निर्माण गरिएका बाँध एवं ठूला तटबन्धहरुको पुनर्संरचना गर्नु पर्ने विषयलाई वार्तामा अगाडि सार्न सुझाएका छन् । त्यसैगरी उनीहरुले प्रम देउवालाई आफ्नो भ्रमणमा नेपाल र नेपालीको अहित हुने खालका कुनै पनि सन्धी सम्झौता नगर्न पनि सुझाव दिएका छन् ।
आगामी भाद्र ७ गतेदेखि भारतको भ्रमण गर्न लागेको प्रम देउवाले आफूले भ्रमणक बेला नयाँ विषयवस्तुमा भन्दा पनि पुराना सहमति र सम्झौताहरु कार्यान्वयनका दिशामा केन्द्रित हुने योजना बनाएको बताएका थिए । फोटो अनलाईनखबर

Previous articleपत्रकार महासंघ अध्यक्षका प्रत्यासीहरुद्वारा आ आफ्नै दावी
Next articleनेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारबाट शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here