नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले १६०० थान प्राथमिक उपचार र सरसफाइ कीट नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्साललाई आज सोसाइटीको केन्द्रीय कार्यालयमा हस्तान्तरण गर्नुभयो ।
नेपाल पत्रकार महासंघको यही भाद्र ४ र ५ गते काठमाडौंमा हुन गइरहेको केन्द्रीय महाधिवेशनका प्रतिनिधि एवं सहभागीहरुलाई वितरण गर्ने उद्देश्यले उपलब्ध गराइएको प्राथमिक उपचार तथा सरसफाइ कीटको मूल्य प्रति थान रु २१० (दुइसय दश) रहेको नेपाल रेडक्रसका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । सो किटमा साबुन, मञ्जन, दाँतमाझ्ने मञ्जन र ब्रस, मास्क, पानी शुद्धिकरण ट्याबलेट, जीवनजल, हेन्डीप्लास्ट जस्ता सामग्रीहरु रहेका छन् ।
सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थापाले पत्रकार महासंघको केन्द्रीय महाधिवेशनको सफलताको शुभकामना सहित टोकन सहयोगको रुपमा सामग्री उपलब्ध गराउन पाएको खुशी व्यक्त गर्दै यसले दुई संस्था बीचको पारस्परिक सहयोग आदानप्रदानलाई अझ बलियो बनाउने बताउनुभयो ।
यस्तै महासंघका सचिव लम्सालले नेपाल रेडक्रसले गत भूकम्पका बेला पनि पत्रकारहरुका लागि त्रिपालहरु उपलब्ध गराई गुन लगाएको स्मरण गर्दै रेडक्रसबाट प्राप्त यो सरसफाइ सामग्रीको कीट पनि महाधिवेशन प्रतिनिधिहरुसम्म पु¥याइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरि न्यौपाने, केन्द्रीय सदस्य र विभागीय एवं कार्यक्रम प्रमुखहरुको सहभागिता रहेको थियो ।
Previous articleनेपाल किसान संघद्वारा आफ्ना स्थानीय कार्यकर्ताहरुलाई बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यमा जुट्न आव्हान
Next articleकांग्रेस नेता निधि अस्पताल भर्ना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here