काठमाडौ ३१ साउन ।

सत्तारुढ नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान संघले अविरल वर्षापछि आएको बिनाशकारी बाढीले तराई मधेश क्षेत्रमा मचाएको ताण्डवले कृषि क्षेत्रमा अरबौंको क्षति भएको भन्दै तत्काल प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा जुट्न आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।
संघले एक विज्ञप्ति प्रकाशित गरी बाढी पहिरो प्रभावित क्षेत्रका आम नागरिकहरुको उद्धारका कार्यमा जुट्न सिगो कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

बाढीले कृषि क्षेत्रमा अरवौंको सम्पती नष्ट हुँदा समेत कहि कतैबाट आम कृषक र किसानहरुलाई राहत नपाइ रहेको भन्दै नेपाल किसान संघले सम्बन्धित कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयलाई दबाब दिएको हो ।

नेपाल किसान संघले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दे तराई मधेशको क्षेत्रमा मृत्यु वरण गर्नुहुने अधिकाँश ग्रामिण किसानहरु प्रति आइ लागेको महासंकटमा नेपाल किसान संघका स्थानीय कार्यकर्ताहरलाई तत्काल सक्दो राहत तथा उद्धार कार्यमा जुटन आव्हान गर्दे राज्यको ध्यानकर्षण गराएको छ ।

बाढीले तराईको ८० प्रतिशत भन्दा बढी धान खेत डुबानमा परेको, करोडौको खाद्यान्न नष्ट भएको, तरकारी बाली लगायतका पशुपंक्षीहरु समेत हताहत भई अरवौंको सम्पती नष्ट हुँदा समेत कहि कतैबाट आम कृषक र किसानहरुलाई राहत नपाइरहेको अवस्थामा नेपाल किसान संघ सिगो कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालय लगायत नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहान्छ संघका सभापति भानु सिग्देलको हस्ताक्षरित जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा बाढीग्रस्त क्षेत्रमा तत्काल चाहिने राहत तथा उद्धारका लागि कृषि विकास मन्त्रालय र पशुपंक्षी किवास मनत्रालयको सबै संयन्त्र र राज्य शक्ति परिचालन गरि किसानहरुलाई तत्काल राहतको अनुभूति हुने गरि व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

जारी विज्ञप्तिमा बाढीले तराई मधेश क्षेत्रमा मचाएको ताण्डवले सयौको संख्यामा हताहत भएका सर्वसाधारण प्रति नेपाल किसान संघ सम्वेदना प्रकट गर्दे मृतकका परिवार प्रति राष्ट्रिय बिपत्तीमा धर्यधारण गरि बिपत्तीको सामना गर्न सबैलाई एक जुट हुन हार्दिक आव्हान पनि गरिएको छ ।

Previous articleराहत वितरणका लागि एकद्वारा प्रणाली लागु गरिने
Next articleपत्रकार महासँघको आसन्न अधिवेशनलाई रेडक्रसको सहयोग 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here