काठमाडौं, साउन ३१
सोमबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन् ।
नेता निधिलाई हिजो राति ८ः३० बजे राजधानीको चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । उनलाई ओम अस्पतालको बेड नंबर २०४ मा राखिएको छ । उनको उपचारमा अस्पतालका डाक्टर राहुल पाठक संलग्न छन् । अचानक पेट दुखेर अस्पताल पुर्याइएका निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टरको भनाई छ । नेता निधिको भोलि बिहान इन्डोस्कोपी गर्ने डाक्टरले जानकारी गराएका छन् । उपचारमा संलग्न डाक्टरका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ ।
पूर्ब उपप्रधान एवं गृहमन्त्री समेत रहेका कांग्रेस नेता निधि आज बिहान बाढी प्रभाबित तराईका जिल्लामा जाने कार्यक्रम रहेको थियो । स्वास्थ्यमा समस्या आएपछि सो कार्यक्रम स्थगित गरिएको छ ।

Previous articleपत्रकार महासँघको आसन्न अधिवेशनलाई रेडक्रसको सहयोग 
Next articleगैर आवासीय नेपाली संघ यूएसए स्टेट च्याप्टरहरुद्वारा उद्धारमा केन्द्रीत हुन अपिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here