बाढी तथा पहिरोबाट अति प्रभावित क्षेत्रमा गरिने राहत वितरणलाई व्यवस्थित गर्न सरकारले एकद्वारा प्रणाली लागु गर्ने भएको छ ।
सरकारको केन्द्रीय दैवि प्रकोप उद्धार समितिको सोमबार गृहमन्त्रालयमा बसेको बैठकले राहत वितरण प्रणाली सबैतिर समान र एकै किसिपमको होस् भनेर उक्त प्रणाली लागु गरिएको बताएको हो ।
बैठक पश्चात् गृह मन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रमा गैर सरकारी संस्थालाई जथाभावी राहत विरण वा संकलनमा समेत रोक लगाउँदै अब सरकारी लेबलबाट मात्र राहत वितरण गरिने जानकारी दिए ।
कुनै पनि संघ संस्था वा गैर सरकारी संस्थाले संकलन गरेको वा दिने नगद, जिन्सी सामाग्री वा अन्य कुनै पनि प्रकारका राहत सामाग्रीहरु सरकारी संयन्त्रबाट मात्रै वितरण गर्न मुख्य सचिव लगायतलाई सुझाव दिए । त्यसका लागि उक्त समितिले मन्त्रालयका सहसचिव केदार न्यौपानेको संयोजकत्वमा
राहत संकलन संयोजन समिति गठन गरेको पनि जनाएको छ ।

Previous articleप्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग पुर्याउन एनएजिसीको आव्हान
Next articleनेपाल किसान संघद्वारा आफ्ना स्थानीय कार्यकर्ताहरुलाई बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यमा जुट्न आव्हान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here