हरेक वर्ष झैं यस पटक पनि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डले महिलाहरुको महान् चाड तीज भव्य कार्यक्रमका साथ मनाउने भएको छ ।
आगामी अगष्ट १३ का दिन जुरिखमा गर्न लागिएको उक्त कार्यक्रम संघका महिला संयोजक शुभा एलमेर लामा एवं उपाध्यक्ष सीमा गौतमको विशेष पहलमा सम्पन्न हुने संघले जनाएको छ । त्यसैगरी कार्यक्रमका लागि किचेनको व्यवस्थापन जुरिख निवासी दील गोतामे ज्यूको सहयोगमा हुने पनि संघले जनाएको छ ।
आगामी ३ सेप्टेम्बर २०१७ का दिन एनसिसीको राष्ट्रिय महाधिवेशन तोकिएकाले उक्त अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न गराउन एवं त्यसका लागि तोकिएको समय आगामी १३ अगष्ट आइतबारसम्म पञ्जिकृत सदस्यता लिन समेत आग्रह गर्दै १३ तारिख हुने महिलाहरुको महान् चाड तीज कार्यक्रम भव्यताका साथ सम्पन्न गराउन स्वीट्जरल्याण्ड निवासी सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा संघले आग्रह गरेको छ ।
नोटः प्रवेश शुल्क प्रति व्यक्ति २० स्विस फ्रेंक, साथमा नेपाली खाना र सफ्ट ड्रिंक्सको व्यबस्था गरिएको छ।

मितिः १३ अगस्ट २०१७
स्थानः Restaurant Colosseum, Langstrasse 6, 8004 Zurich
समयः दिनको २ बजे

संपर्कः
शुभा एलमेर लामाः 079 832 75 77
सिमा गौतमः 078 819 27 36

Previous articleएनआरएन ईटालीको महाधिवेशन २७ अगष्टमा 
Next articleप्रवासी नेपाली मन्च,पोर्चुगलको क्षेत्रीय भेला सम्पन्न,अध्यक्षमा हरि खड्का निर्विरोध चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here