कमल पुन, ओदिमेरा, २५ जुलाई २०१७ –

आसन्न गैह्र आबासिय नेपाली संघ(एनआरएनए) पोर्चुगलको अधिबेशन नजिकिदै गर्दा पोर्चुगलमा कृयाशील रहेका विभिन्न संघ संगठनहरुले आ -आफ्नो सकृयता बढाएका छन् । यसै बिच नेपाल कम्युनिस्ट पार्टी एमाले निकट भात्री संगठन ” प्रबासी नेपाली मन्च” पोर्चुगलले पोर्चुगलको बेजा क्षेत्र अन्तर्गत जम्बोजेरामा क्षेत्रीय भेला सम्पन्न गरेको छ।
उक्त भेलाले हरि खडकाको अध्यक्षतामा २७ सदस्यीय क्षेत्रीय बेजा समिती चयन गरेको छ।समितिमा तिन उपाध्यक्षहरु क्रमशः सुरज खड्का, प्रभास चौलागाईं (१ खाली पछि मनोनित गर्ने गरि ), सचिबमा अमृत रिजाल, कोषाध्यक्षमा मोहन मरासिनी तथा दुई सह-सचिबमा श्रीराम आचार्य (१ खाली पछि मनोनित गर्ने गरि ) रहेका छन।
समितिका अन्य सदस्यहरुमा बम बहादुर जि.सी., पवन कार्की, कबिराज बि.क., मिलन थापा, बिनीता श्रेष्ठ, होमराज पौडेल, बिनोद न्यौपाने, बिष्णु पोखरेल, राजेन्द्र गौतम, राजेश्वर बास्तोला, राम सारु मगर, अर्जुन सापकोटा, पुष्पराज गिरी, महेश अधिकारी, प्रबिण गिरी, पुर्ण खत्री र सबिना डवादी रहेका छन।
प्रबासी नेपाली मन्च,पोर्चुगलका केन्द्रिय अध्यक्ष गोबिन्द पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलालाई केन्द्रीय उपाध्यक्ष रोबर्ट लिम्बु, केन्द्रीय सदस्य यज्ञ प्रसाद तिमिल्सिना लगायतले सम्बोधन गरेका थिए ।
बेजा इन्चार्ज गोबिन्द सापकोटाको अध्यक्षतामा र अमृत रिजालको सन्चालनमा सम्पन्न कार्यक्रमको स्वागत प्रभास चौलागाईंले गरेका थिए।
उक्त कार्यक्रमलाई लोक दोहोरी गायक जे.बि.ओली, सुर्य तिवारी, नवीन पाण्डे र कबिराज बि.क.ले मनोरञ्जन प्रदान गरेका थिए।

Previous articleएनआरएनए स्वीट्जरल्याण्डले तीज कार्यक्रम गर्दै
Next articleमन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्वारा शपथ ग्रहण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here