साविकको लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको पानी अभियानको लागि बोरिङ खन्ने काम भएको खबर सुने पछि अभियानको नारा चाडै  सफल होस् र यस्तो काममा ढिलो गर्न नहुने भन्दै Delft university technology  बाट MSC  गरिसकेका  इन्जिनियर एवम भुटनीज कम्युनिटी नेदरल्यान्ड (BCN)का अध्यक्ष  नेपाली भाषी भुटानी  डि पि मैनालीले रु १० हजार पानी अभियानको खातामा हालिदिएको अभियानकर्ता मित्रलाल पार्देले जानकारी गराए।

भुटानी नेपाली समुदायबाट पानी अभियानलाई  सहयोग गर्ने व्यक्तिहरुमा मैनाली पहिलो व्यक्ति हो ।  पानी अभियानको नारा एक दिन विश्वव्यापी बन्नेछ  र यो अभियान विश्वभरि प्रभावकारी हुनेछ भन्ने धारणा मैनालीले पार्दे संग व्यक्त गरे।

Previous articleनेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डको सल्लाहकारमा सुबर्ण शमशेरको नाति मनोनित
Next articleफ्रान्समा भएको माउन्टेन रेसमा नेपालकी मनिकला पहिलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here