८ मे २०१७, स्विटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डले सुबर्ण शमशेरको नाति ऋषि राज सिंहलाई सल्लाहकारमा मनोनित गरेको छ। नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष श्याम सापकोटाले नेपाली कांग्रेसका संस्थापक सभापति सुबर्ण शमशेर राणाका नाति सिंहलाई समितिको गरिमामय सल्लाहकार पदमा चयन गरेका हुन्।
नवनियुक्त सल्लाहकारको सक्रियता तथा सुझाव, सर-सल्लाहबाट यस समितिले अझै सकारात्मक गति, दिशा र उर्जा प्राप्त गर्ने विश्वास गर्दै सिंहले समितिको निवेदन स्वीकार गरि पदको जिम्मेवारी वहन गरेकोमा समितिका अध्यक्ष सापकोटाले धन्यवाद ज्ञापन गरेको समितिका प्रवक्ता बिजय शर्मा दर्पणले नेपाल स्वीस डट कम लाई जनकारी गराए।




