विजय शर्मा दर्पण। फ्रान्समा भएको माउन्टेन रेसमा नेपालकी धाविका मनिकला राई पहिलो भएकी छन्।

ला चाम्बोटाइनमा भएको २५ किलोमिटरको माउन्टेन रेसमा दुई सय खेलाडीहरुले भाग लिएका थिए। २ घन्टा २५ मिनेट ४८ सेकेन्डमा पूरा गरेर राई पहिलो भएकी हुन् । मनिकला स्कि र अल्टिच्युड रेसमा उत्तिकै सक्रिय खेलाडी हुन्।

फ्रान्सकी नागेद भिनल्यान्ड २ घण्टा २७ मिनेट २३ सेकेन्डमा दूरी तय गर्दै दोस्रो भइन् भने फ्रान्सकै लाउरा डेसमस २ घन्टा २९ मिनेट ३६ सेकेन्डमा दूरी तय गर्दै तेस्रो स्थान हासिल गर्न सफल भइन्।

Previous articleपानी अभियानलाई नेपाली भाषी भुटानीको पनि साथ
Next articleगैर आवासीय नेपालि संघ मेड्रिड शाखाको अधिबेशन सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here