७ मे २०१७, स्विट्जरल्याण्ड। हाँस्य टेलिसिरियल “मेरी बास्सै” का चर्चित कलाकार द्वय मरिचमान श्रेष्ठ (बल्छि धुर्बे), राजु पौडेल (राजु मास्टर) र गायिका तथा मोडल सिर्जु अधिकारीहरुले यहि ६ मे २०१७ शनिबार बेलुका स्विट्जरल्याण्डको जुरीख स्थित युथहोस्टेलमा भएको सांस्कृतिक कार्यक्रममा दर्शकहरु लाई हसाए र नचाए।

कार्यक्रममा बल्छि धुर्बे र राजु मास्टरलले नेपालको राजनीतिक लगायत, समाजमा विद्यमान विकृतीको व्यंग्य धमाकादार प्रस्तुतिले सबैजना दर्शकलाई पेट मिचीमिची हास्न बाध्य बनाएको थियो भने,  गायिका सिर्जु अधिकारीको नाचु नाचु लाग्ने गीतहरुले सबै जनालाई खुट्टा हल्लाउन र कम्मर मर्काउन बाध्य तुल्याएको थियो।

बल्छि धुर्बे राजुमास्टर र सिर्जुहरु स्टेजमा निकै जमेका कलाकार मध्येमा पर्दछन्। उनीहरुले सफलतापूर्वक युरोप टुर कार्यक्रम सम्पन्न भएको र आफूलाई विदेशमा भएका नेपाली दर्शकहरुले निकै रुचाई दिएकोमा खुशी व्यक्त गरेका थिए।

प्रवेश शूल्क निशूल्क रहेको उक्त कार्यक्रममा स्विट्जरल्याण्डको बिभिन्न शहरबाट नेपालीहरुको बाक्लै उपस्थिति थियो भने स्विट्जरल्याण्ड स्थित नेपाली संघ-संस्थाका पदाधिकारीहरुको पनि उस्थिति रहयो।

आसन र भाषण बिनानै शुरु गरिएको उक्त कार्यक्रम सफल बनाउन उपस्थित दर्शकहरुले स्वईच्छाले दिएको सहयोग रकम ८८० स्वीस फ्रान्क कलाकारहरुलाई हस्तान्तरण गरेको आयोजक कमल भट्टले बताए।

कार्यक्रम सफल गर्न सहयोग गर्ने मानुभावहरु र कार्यक्रम हल व्यवस्थापन गरिदिने स्वीस नेपाली समाज लाई आयोजक भट्टले धन्यबाद ज्ञापन गरे।

Previous articleबल्छि धुर्बे, राजु मास्टर र सिर्जुले स्विट्जरल्याण्डको जुरीखमा हसाउने र नचाउने
Next articleनेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डको सल्लाहकारमा सुबर्ण शमशेरको नाति मनोनित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here