४ मे २०१७, स्विट्जरल्याण्ड। हाँस्य टेलिसिरियल “मेरी बास्सै” का चर्चित कलाकार द्वय मरिचमान श्रेष्ठ (बल्छि धुर्बे), राजु पौडेल (राजु मास्टर) र गायिका तथा मोडल सिर्जु अधिकारीहरुले यहि ६ मे २०१७ शनिबार बेलुका ६:०० बजे स्विट्जरल्याण्डको जुरीख स्थित युथहोस्टेलमा हसाउने र नचाउने भएका छन्।

युरोप टुरमा निस्किएका हाँस्य कलाकार द्वय र गायिकाहरु नर्वे, बेल्जियम हुदै ६ मे २०१७ शनिबार जुरीखमा हुने सांस्कृतिक कार्यक्रमका लागि स्विट्जरल्याण्ड आउने भएका हुन्। यी दुई हाँस्य कलाकारसँगै गायिक तथा मोडल सिर्जु अधिकारीले पनि आफ्नो सांगितीक प्रस्तुती दिनेछिन्। सिर्जुको लोकगीत ‘फिगर कोकाकोला’, ‘मायामा हाल उजुरी’, ‘ओके छत’ लगायतका गीतहरु चर्चित छन्।

प्रवेश शूल्क निशूल्क, अपेरो र Jugendherberg Zürich, Mutschellenstrasse 114, 8038 Zürich मा ६ बजे बेलुका कार्यक्रम शुरु हुने, स्वीस नेपाली समाजका बोर्डमेम्बर तथा स्विट्जरल्याण्डका लागि पर्यटन दूत कमल भट्टले नेपाल स्वीस डट कम लाई जानकारी दिएको हो।

उक्त सांस्कृतिक कार्यक्रमको  भरपुर मनोरञ्जन गर्न कलाकार र आयोजकले सबै लाई चुलेनिम्तो गरेको छ।

Previous articleस्विटजरल्याण्डको राजधानी बेर्न मा मजदुर दिबस सम्पन्न
Next articleबल्छि धुर्बे, राजु मास्टर र सिर्जुले जुरीखमा हसाए र नचाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here