यो दुनियाँमा असम्भव भन्ने कुरो केही पनि छैन। तपाईं हामिले प्रयोग गर्ने फेसबूकबाट पनि ठूलो योजना सफल पार्न सकिन्छ भन्ने उदाहरण हो पानी अभियान ।

” हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् ” नारा अगाडि सारेर फेसबूकको माध्यमबाट  शुरूवात भएको पानी अभियान प्रभावकारी हुँदै गइरहेको छ । वर्षौदेखि पानीले पीडित गाउँ सुनपुर दाङमा श्री प्रेम केसीको संयोजकत्वमा समिती एक वर्ष अघि गठन भएको थियो । २०१६ फेब्रुअरी २९ देखि पानी अभियानकर्ता मित्रलाल पार्देले फेसबूकको स्ट्याटसको माध्यमबाट शुरु गरेको पानी अभियानले अन्ततः वर्षौं देखि पानीले पिडित एक घैटो पानी बोक्न घन्टा  लाग्ने अवस्थाको अन्त्य गर्दै  सुनपुर दाङमा बोरिङ खनेर पानी निकाल्ने काम सफल भएको छ। पानी निस्केपछि सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती अध्यक्ष प्रेम केसीले खुशी व्यक्त गर्दै पाइप तथा ओभरहेड ट्यान्किको लागि सहयोगी हातहरुको अगाडि बढोस् भनेर आशा व्यक्त गर्नु भएको छ  ।  उक्त अभियानमा देश बिदेश गरेर स्वस्फूर्त रुपमा ३२ लाख प्रतिवद्दता आएको थियो भने अभियानको खातामा झन्डै १७ लाख जम्मा भएको थियो । उक्त योजनाको लागि करोड जुटाउन र नारा पूरा गर्न  अभियान कर्ता मित्रलाल पार्देले पनि हार्दिक अपिल गरेका छन्  ।

Previous articleपानी अभियानलाई एनआरएनएका संरक्षक राम प्रताप थापाले एक लाख सहयोग गर्ने
Next articleनेपालका चर्चित डान्स तथा भिडियो निर्देशक शिव बि.क. बेल्जियममा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here